भद्रपुर । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २६ औं इकाई साधारणसभा चन्द्रगढीमा सम्पन्न भएको छ ।
भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा बुधबार चन्द्रगढीस्थित केन्द्रमोडस्थित शिवांस होटलको हलमा सहकारीका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाको सभापतित्व साधारण सभा सम्पन्न भएको हो।
साधारण सभामा प्रमुख अतिथि नगर उपप्रमुख राधा कार्की, भद्रपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष अभिषेक ढुङ्गाना, कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख शालिकग्राम भट्टराई लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा साकोसको केन्द्रिय कार्यालयद्वारा तयार पारिएको बार्षिक प्रतिवेदन संस्थाका गतिविधिका बारेमा सभाध्यक्ष निरौलाले प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा संस्थाको नीति तथा कार्यक्रमका बारेमा छविलाल खतिवडा, लेखा समितिको प्रतिवेदन विन्दु श्रेष्ठ र लेखापरीक्षण प्रतिवेदन ऋण उप समिति संयोजक लक्ष्मीप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको थियो ।
चन्द्रगढी शाखाका गतिविधि र सहारा साकोसको सेवा र प्रोडक्टहरूका बारेमा शाखा प्रमुख सुदिप खड्काले जानकारी गएको कार्यक्रममा सहभागी सदस्यहरुले प्रतिवेदनका आधारमा आ–आफना सुझाव तथा जिज्ञासाहरु राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य ईकाई संयोजक गोपाल गिरीले र सहयोग समिति सदस्य टिकाराम उप्रेतीले सञ्चालन गर्नुभएको थियो ।
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?