• Sun. Apr 19th, 2026

ग्यालेक्सी फुटबल प्रतियोगितामा शुक्रबार पाँच टोली बाहिरियो

BySaptahik Samachar

१६ मंसिर २०७९, शुक्रबार २०:५८ १६ मंसिर २०७९, शुक्रबार २०:५८ १६ मंसिर २०७९, शुक्रबार २०:५८

भद्रपुर १६ मङ्सिर / ग्यालेक्सी कप फुटबल नकआउट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा इष्ट होराइजन, इष्ट पोइन्ट, ग्रीन फिल्ड, हिमालय इङ्ग्लिस स्कुल र ज्ञान सरोवर मावि विजयी भएका छन्।
झापा भद्रपुर-९ मा रहेको ग्यालेक्सी इङ्ग्लिस स्कुलको आयोजनामा सञ्चालित ग्यालेक्सी कप फुटबल नकआउट प्रतियोगिताको शुक्रबार ५ वटा खेल भएको विद्यालयका शिक्षक विवेक चम्लागाईंले जानकारी दिनुभयो।
उहाँका अनुसार शुक्रबारको पहिलो खेलमा मुनाल एकाडेमीको ४ गोलका विरूध्द ५ गोल गर्दै इष्ट होराइजन विजयी भएको हो। विजेताको निर्णय सडन डेथबाट गरिएको हो। यो खेलमा इष्ट होराइजनका प्रिन्स चेम्जोङ मेन अफ दि म्याच घोषित भएका थिए।
त्यसैगरी दोस्रो खेलमा ब्राइट स्टारलाई शुन्यमै रोक्दै इष्ट पोइन्टले अगाडिको यात्रा तय गरेको छ। यस खेलमा विजेता टीमका क्रिस राजवंशी मेन अफ दि म्याच घोषित भए।
त्यस्तै, तेस्रो खेलमा प्रणय लिम्बू मेन अफ द म्याच घोषित हुँदा उनी सम्मिलित ग्रीन फिल्ड स्कूलले प्रज्ञा एकाडेमीलाई शुन्यमा रोक्दै २ गोल गरेको थियो।
ग्यालेक्सी स्कूलको खेल मैदानमा भएको चौथो खेलमा सेन्ट कुजुरको २ गोल विरूध्द ३ गोल गर्दै इष्ट होराइजन धुलावारी विजयी भयो।यो म्याचमा विजेता विद्यालयका क्षितिज बुढाथोकी मेन अफ दि म्याच घोषित भए भने शुक्रबारनै भएको पाँचौ तथा अन्तिम खेलमा हिमालयन इङ्ग्लिस स्कुल भद्रपुरलाई पराजित गर्दै ज्ञान सरोवर भद्रपुर विजयी भएको छ। हिमालयनलाई गोल गर्नबाट रोक्दै सरोवरले ३ गोल गर्दा म्यान अफ द म्याच विजेता विद्यालयका सौरव राई घोषित भएका थिए।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र उपप्रमुख राधा कार्कीको विशिष्ट आतिथ्यमा हिजोबाट जारी तेस्रो संस्करणको ग्यालेक्सी कप नकआउट फुटबल प्रतियोगिता १८ गतेसम्म सञ्चालन हुने आयोजक विद्यालयका प्रिन्सिपल टंकनाथ शर्मा पाण्डेले जानकारी दिनुभयो। प्रतियोगितामा चौधवटा संस्थागत विद्यालयको सहभागिता रहेको छ।

127 thoughts on “ग्यालेक्सी फुटबल प्रतियोगितामा शुक्रबार पाँच टोली बाहिरियो”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  2. https://888starz.net.co/
    888Starz Colombia constituye un sitio de apuestas online y casino que cuenta con mas de 9.500 juegos disponibles, incluyendo tragamonedas en linea, ruletas y mesas con croupier real junto a una variada seleccion de disciplinas deportivas que abarca desde la Liga BetPlay hasta la Champions League y esports.

  3. https://ufc327odds.com/
    This Miami-held light heavyweight title fight at UFC 327 offers a legitimate pick’em for those placing wagers, as ex-champion Jiri Prochazka (-142) and surging knockout artist Carlos Ulberg (+120) prepare to square off for the vacant belt. The razor-thin odds underscore how well-paired these two striking specialists really are, setting up a matchup where a wager on either man is simply a matter of which explosive fighting style you think will emerge victorious.

Leave a Reply

Your email address will not be published. Required fields are marked *