झापा, जेठ ६ । झापाको बिर्तामोड नगरपालिकाको प्रमुखमा नेकपा एमालेकी उम्मेदवार पवित्रा महतारा प्रसाईं निर्वाचित हुनुभएको छ। नगरप्रमुखमा निर्वाचित भएसँगै झापामा महतारा पहिलो महिला नगर प्रमुख बन्नुभएको छ।निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोजराज सिटौलालाई हराउँदै उहाँ नगरप्रमुखमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले जानकारी दिनुभयो । निर्वाचित महताराले १६ हजार ५ सय २० मत प्राप्त गरिरहँदा निकटतम काँग्रेसका सिटौलाले १२ हजार ७ सय ३५ मत प्राप्त गर्नुभएको थियो ।उपमेयरमा पनि नेकपा एमालेकै उम्मेदवार नगेन्द्रप्रसाद संग्रौला निर्वाचित हुनुभएको छ। उहाँले सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सीपी कडरियालाई हराउनु भएको हो । उपमेयरमा निर्वाचित संग्रौलाले १५ हजार ५ सय ८६ मत प्राप्त गर्नु भयो भने उपविजेता कडरीयाले ८ हजार ८ सय ५१ मत पाउनुभएको छ।झापाका ३ स्थानीय तहमा मेयर पदमा महिला उम्मेदवार रहेका थिए । नेकपा एमालेले बिर्तामोडमा महतारालाई र दमकमा गीता अधिकारीलाई मेयर पदको उम्मेदवार बनाएको थियो भने कांग्रेसले अर्जुनधारा नगरपालिकामा रंजिता कार्कीलाई मेयर पदको उम्मेदवार बनाएको थियो । दमकमा गिता अधिकारी पराजित हुनुभएको छ । दमकमा सत्ता गठबन्धन दलले समर्थन गरेका राप्रपाका राम थापा निर्वाचित भएका छन् भने अर्जुनधारा नगरपालिकाको अन्तिम मत परिणाम आएको छैन । Post Views: 332 Post navigation सुन पक्राउ नगर प्रमुख थापाले गरे सुविधा नलिने घोषणा
पत्रकार महासंघ झापाका निर्वाचित कार्य समितिलाई प्रेस क्लब भद्रपुरले गर्यो सम्मान ५ पुष २०८१, शुक्रबार २०:२९