नेपाली बजारमा सुनकाे मुल्यमा ८ महिनापछि यताकै सबैभन्दा सस्ताे भएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । असार ५ गते सुन प्रतितोला ८९ हजार ४६० रूपैयाँमा किनबेच भएको थियो । त्यस यताकाे फागुन ५ गते सुन प्रतितोला ९० हजार भन्दा मुनि रहेको हो ।
मंगलबार प्रतितोला ९० हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको सुन बुधबार भने १ हजार १०० ले घटेपछि ९० हजार भन्दा तल झरेकाे हाे ।
आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ३४० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन चाँदी २० रुपैयाँले बढेर प्रतितोला एक हजार ३६० रुपैयाँ पुगेको थियो ।