• Wed. Jun 18th, 2025

होटल डे ग्लोको विस्तार

BySaptahik Samachar

१५ बैशाख २०८१, शनिबार ०७:५९ १५ बैशाख २०८१, शनिबार ०७:५९ १५ बैशाख २०८१, शनिबार ०७:५९

पूर्वकै ठूलो बेङक्वेट भद्रपुरमा

भद्रपुर १५,वैशाख / पैसा कमाउन विदेशै जानुपर्छ भन्ने मानसिकता बोकेर विदेशिने युवाको ठूलो जमातवीच आफ्नै देशमा केही गर्नुपछ भन्ने सोचका साथ विदेशको आकर्षक कमाइ छोडेर नेपालमै उद्यम गर्ने युवाहरुको पनि कमी छैन । यस्तै सोच राखेर झण्डै एक दशकदेखि झापाको भद्रपुरमा विभिन्न उद्यम गरिरहेका युवाहरु हुन् — भद्रपुर निवासी राज वन र एमबी गिरी । यी दुई युवाको संयुक्त लगानीमा भद्रपुर–८ मा होटल डेग्लोसँगै अन्य व्यवसाय पनि संयुक्त रुपमा सञ्चालन भइरहेको छ ।

यसैक्रममा, आधुनिक होटल व्यवसायमा ‘डे–ग्लो’लाई ‘ब्राण्ड’ बनाइसकेका यी दुई युवाले संयुक्त लगानीमै संभवत पूर्व क्षेत्रकै सर्वाधिक ठूलो र अत्याधुनिक बेङ्क्वेट सञ्चालनमा ल्याएका छन् । भद्रपुर–८ सगरमाथाचोकमा रहेको होटल ‘डे–ग्लो’कै छेउमा निर्माण गरिएको बेङ्क्वेट सञ्चालनमा आइसकेको छ। र, ‘डे–ग्लो’को परिचयलाई थप मजबुत बनाउँदै उहाँहरुले बेङ्क्वेटको नाम पनि ‘डे–ग्लो’ नै राख्नुभएको छ।
बेङ्क्वेट परिसर १४ कट्ठा क्षेत्रफलमा फैलिएको छ भने त्यहाँ १२ सय जना आरामले अँट्नसक्ने बेङ्क्वेट हल निर्माण गरिएको छ ।

‘हामीले इटहरीयता पूर्वका प्रायः सबै बेङ्क्वेट हेरेर आयौं’, सञ्चालक राज वनले भन्नुभयो – ‘यति ठूलो बेङ्क्वेट कतै देखेनौं ।’ वर्तमान आधुनिक समयको माग र आवश्यकतालाई ध्यानमा राखेर बेङ्क्वेट निर्माण गरिएको उहाँले बताउनुभयो । बेङ्क्वेटमा अत्याधुनिक लाइटिङ, उत्कृष्ट साउण्ड सिस्टम अनि पर्याप्त क्षमताको एसी जडान गरिएको सञ्चालक वनको भनाइ छ । हलसँगै जोडिएका चेन्जिङ रुमहरु पनि रहेको उहाँले बताउनुभयो । उहाँले जस्तोसुकै गर्मीमा पनि कार्यक्रम गर्न सक्नेगरिको एसी जडान गरिएको दाबी गर्नुभयो । अनावश्यक ध्वनि प्रदूषण नियन्त्रण गर्नसक्ने आधुनिक र महंगो साउण्ड सिस्टम पनि जडान गरिएको बताउँदै उहाँले हललाई थप आकर्षक बनाउन लाइटिङको उत्कृष्ट संयोजन गरिएको पनि बताउनुभयो । बेङ्क्वेट निर्माणमा दुई करोड रुपैयाँ लगानी भइसकेको पनि वनले जानकारी दिनुभयो ।
अब जस्तोसुकै ठूलो सभा–समारोह वा कार्यक्रम गर्नु पर्दा अन्यत्र धाइरहनु नपर्ने अर्का सञ्चालक एमबी गिरीले भनाइ छ। ‘१२ सय मान्छे एउटै हलभित्र अटाउन सक्ने गरी यो बेङ्क्वेट तयार भएको छ’, उहाँले भन्नुभयो – ‘जत्रोसुकै कार्यक्रम गर्न–गराउन हामी सक्षम छौं ।’

खाडी मुलुक युएईमा होटल क्षेत्रमै करिब पाँच वर्ष काम गरेर फर्किएका वन र गिरीले त्यहाँको अनुभवलाई पनि होटल ‘डे–ग्लो’ सञ्चालनका क्रममा उपयोग गर्नुभएको छ । झापाकै पनि कतिपय ठूला होटलमा उपलब्ध हुन नसकेका खानाका परिकारहरु होटल डे–ग्लोमा उपलब्ध हुने सञ्चालक वनको भनाइ छ । ‘विदेशमा आकर्षक कमाइ छोडेर हामी दुबैजना आफ्नै देशमा, आफ्नै ठाउँमा केही गर्नुपर्छ र आफूलाई समाजमा स्थापित गराउनुपर्छ भन्ने सोचेर फर्कियौं र यो व्यवसाय सुरु गर्यौं’, उहाँले भन्नुभयो – ‘भद्रपुरजस्तो सानो ठाउँमा यत्ति धेरै लगानीमा व्यवसाय गर्नु चुनौतीपूर्ण त छ तर हामी हाम्रो मेहनत र कामप्रति विश्वस्त छौं ।’ उहाँले बेङ्क्वेट निर्माणसँगै होटल डेग्लोको पनि स्तरोन्नति गरिएको बताउनु भयो । होटलमा १४ वटा अन्तर्राष्ट्रियस्तरको डिलक्स कोठा निर्माण गरिएको  र तीन महिनाभित्र सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । होटलले २४ सै घण्टा सेवा दिने पनि उहाँको भनाइ छ ।
उहाँहरुको लगानीमा होटलकै परिसरभित्र फिटनेस सेन्टर पनि सञ्चालन गरिरहेका छन् भने इलेक्ट्रोनिक्स र फेसन हाउस पनि सञ्चालनमा छ । त्यसैगरी, भद्रपुर–५ स्थित बसपार्कछेउ होटल डे–ग्लो इन सञ्चालनमा छ । त्यहाँ पनि आरामदायी २४ वटा डिलक्स रूम उपलब्ध रहेको सञ्चालक गिरीले बताउनुभयो ।

यी सबै व्यवसायमा लगभग ८ करोड रुपैयाँ लगानी भएको सञ्चालक वनले जानकारी दिनुभयो।उहाँ भन्नुहुन्छ-कुनै कार्यक्रम गर्न हामी पूर्ण सक्षम हुनेगरी तयारीमा छौं।

128 thoughts on “होटल डे ग्लोको विस्तार”
  1. You actually explained that effectively!
    casino en ligne France
    Kudos. Lots of content.
    casino en ligne
    Regards! An abundance of forum posts!
    casino en ligne
    Superb stuff With thanks!
    meilleur casino en ligne
    Really a good deal of beneficial information!
    meilleur casino en ligne
    Cheers! Plenty of posts!
    casino en ligne
    Many thanks, Plenty of facts!
    casino en ligne
    Thank you, Terrific stuff!
    casino en ligne
    Regards, I like it.
    casino en ligne
    You said it adequately.!
    meilleur casino en ligne

  2. ¡Hola, descubridores de recompensas !
    casinoonlinefueradeespanol con guГ­a para novatos – п»їп»їhttps://casinoonlinefueradeespanol.xyz/ casinoonlinefueradeespanol
    ¡Que disfrutes de asombrosas tiradas afortunadas !

Leave a Reply to buy-ad-account.click_encarie Cancel reply

Your email address will not be published. Required fields are marked *