• Fri. Dec 5th, 2025

स्थापना दिवसमा भद्रपुर रेडक्रसद्वारा लेखक गिरीलाई सम्मान

BySaptahik Samachar

१९ भाद्र २०८२, बिहीबार २०:१४ १९ भाद्र २०८२, बिहीबार २०:१४ १९ भाद्र २०८२, बिहीबार २०:१४

भद्रपुर १९, भदौ / नेपाल रेडक्रस सोसाइटीको ६३ औँ स्थापना दिवसको अवसरमा भद्रपुर उपशाखाले रेडक्रसकर्मीहरू बीच पुनर्मिलन, शुभकामना आदानप्रदान तथा नयाँ सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्दै सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
  २०२० साल भदौ १९ गते नेपालमा रेडक्रसको स्थापना भएको हो। सोही स्थापनाको सम्झनामा आज भद्रपुर रेडक्रसले रेडकसका जन्मदाता ज्या हेनेरी डयुना र नेपाल रेडक्रसका संस्थापक सभापति प्रिन्सेप शाहको तस्वीरमा माल्यार्पण गरेको थियो।
   भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र रेडकस भद्रपुर उपशाखाका सभापति केदार महतको अध्यक्षतामा भएको स्थापना दिवसको कार्यक्रममा ७० जना बढी आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्दै सम्मान गरिएको थियो।

सोही कार्यक्रममा सदस्यता ग्रहण गर्नुहुने भद्रपुर ९ का राजकुमार राईलाई विशिष्ट सदस्यताको प्रमाणपत्र सहित सम्मान गरिएको थियो भने नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका निवर्तमान सभापति गोपाल गिरीलाई भद्रपुर रेडक्रसको उत्थानका लागि पुर्‍याएको योगदान र उहाँले हालै प्रकाशन गरेको पुस्तक ” सदरमुकाम भद्रपुरको गाथा” का लागि समेत सम्मान गरिएको थियो। सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले गिरीद्वारा लिखित पुस्तक १० थान खरिद पनि गरेको थियो।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेल, नेपाल रेडक्रस सोसाइटीका पूर्व कोषाध्यक्ष भक्त खवास, भद्रपुर ८ नम्बर वडाका वडाध्यक्ष गौरव सुब्बा मनोज, नेपाल रेडक्रस सोसाइटीका झापा कोषाध्यक्ष ओमप्रकाश गौतम, सम्मानित व्यक्तित्व तथा भद्रपुर रेडक्रसका निवर्तमान अध्यक्ष गोपाल गिरी, सामाजिक व्यक्तित्व छत्रप्रसाद अधिकारी र गोविन्द कोइरालाले शुभकामना मन्तव्य राख्नुभएको थियो।

भद्रपुर रेडकसका सचिव रमेश भण्डारीले सञ्चालन गरेको कार्यक्रममा सदस्य रमला बराल अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो।

28 thoughts on “स्थापना दिवसमा भद्रपुर रेडक्रसद्वारा लेखक गिरीलाई सम्मान”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  2. Thanks, I’ve recently been looking for information about this subject for ages and yours is the best I’ve discovered so far. But, what in regards to the conclusion? Are you certain about the supply?

  3. Hmm is anyone else having problems with the images on this blog loading? I’m trying to figure out if its a problem on my end or if it’s the blog. Any suggestions would be greatly appreciated.

  4. Nice read, I just passed this onto a colleague who was doing some research on that. And he actually bought me lunch since I found it for him smile So let me rephrase that: Thanks for lunch! “The capacity to care is what gives life its most deepest significance.” by Pablo Casals.

  5. I think other website proprietors should take this website as an model, very clean and magnificent user friendly style and design, let alone the content. You are an expert in this topic!

  6. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply to iwin Cancel reply

Your email address will not be published. Required fields are marked *