• Wed. Jul 9th, 2025

सीएलएम.कार्यक्रमको कार्यदल निर्माणका लागि समन्वय बैठक

BySaptahik Samachar

३० भाद्र २०७९, बिहीबार २१:०२ ३० भाद्र २०७९, बिहीबार २१:०२ ३० भाद्र २०७९, बिहीबार २१:०२

भद्रपुर / समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम(CLM.) अन्तर्गत झापाको भद्रपुरमा जिल्लास्तरीय कार्यदल निर्माणको समन्वय बैठक सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी झापा शाखाको हलमा जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद नेउपानेको अध्यक्षतामा जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला समन्वय समिति, मेची प्रादेशिक अस्पताल र सरोकारवालापक्ष स्थानीय संघ संस्थाका प्रतिनिधि सम्मिलित बैठक सम्पन्न भएको हो।

  फोकल पर्सन दिपक ढकालले सहजीकरण गरेको समन्वय बैठकमा जिल्ला स्वास्थ्य कार्यालयका वीरेन्द्र दास र बालकृष्ण भण्डारी, मेची प्रादेशिक अस्पतालका चिकित्सक मनोज शाह, समन्वय समितिका प्रतिनिधि, एच.आई.भी एड्सको क्षेत्रमा काम गरिरहनु भएका गोविन्द नेउपाने, सोमराज ढकाल, रेडक्रसकर्मी गोपाल गिरी, क्षयरोग निवारण संस्थाका प्रतिनिधि केदार महत लगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिधि सम्मिलित थिए। सो अवसरमा CLM. कार्यक्रमको उद्देश्य,औचित्य र जिम्मेवारीको बारेमा ढकालले अभिमुखीकरण गर्नुभएको थियो।

झापा जिल्लामा एचआईभीको अवस्था, सेवा प्रदायक संस्थाको अनुगमन र प्रभावकारिता तथा सुधार र सुझाव दिने उद्देश्यले गठन गरिने कार्यदलको बारेमा त्यस अवसरमा जानकारी गराइएको थियो। बैठकले,कार्यदलको खाका तयार गर्दै निर्देशिका बमोजिम गतिविधि अघि बढाउने निर्णय भएको कार्यक्रमका फोकल पर्सन ढकालले समाचार साप्ताहिकलाई जानकारी दिनुभयो। 

5 thoughts on “सीएलएम.कार्यक्रमको कार्यदल निर्माणका लागि समन्वय बैठक”
  1. Предлагаем вашему вниманию интересную справочную статью, в которой собраны ключевые моменты и нюансы по актуальным вопросам. Эта информация будет полезна как для профессионалов, так и для тех, кто только начинает изучать тему. Узнайте ответы на важные вопросы и расширьте свои знания!
    Детальнее – https://vyvod-iz-zapoya-1.ru/

Leave a Reply to RamonPeeri Cancel reply

Your email address will not be published. Required fields are marked *