भद्रपुर,२० पुस । माथिका यी दुई जानकारी पत्रले आफै जनाउँछ। एउटाले खोप शुरू हुने भनेको छ, अर्कोमा भोलिपल्ट अर्थात् कतिपय जिल्लामा शुरू भएर र कतिपयमा शुरू नै नभई खोप कार्यक्रम स्थगित भएको छ। सरकारले हिजो सूचना जारी गरेर आजबाट ६० वर्षमाथिका जेष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनेको (बुस्टर डोज होइन रे) तेस्रो खोप अभियान भोलिपल्टैबाट स्थगित भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी केही लक्षित वर्गका लागि कोभिड–१९ खोपको थप मात्रा दिने कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ ।
‘सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप चाँडै उपलब्ध गराउन महत्वपूर्ण भएकाले राष्ट्रिय खोप अभियान द्रुत गतिमा सञ्चालन गर्न आवश्यक छ । त्यसैले थप प्राविधिक विषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने व्यहोरा सबैमा हार्दिक अनुरोध छ’ प्रवक्ता संगीता कौशल मिश्रले पत्र मार्फत जानकारी दिनुभएको छ ।
सरकारले भेरोसेल खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक र दीर्घरोगीलाई मंगलबारदेखि थप एक मात्रा खोप दिने भनी सोमबार सूचना जारी गरेको थियो । तर त्यसै राजधानीमा कहीँ खोप लगाइए पनि अन्यत्र सूचना अनुसार खोप केन्द्रमा पुगेका जेष्ठ नागरिक र दीर्घरोगीले खोप पाएका थिएनन् ।
gamdom güncel giriş adresi değişti mi ? öğrenmek için tıkla gamdom