• Wed. Jun 25th, 2025

विराट गोल्डकप चैत अन्तिमबाट

Bysaptahiksamachar

४ फाल्गुन २०७७, मंगलवार १३:४३ ४ फाल्गुन २०७७, मंगलवार १३:४३ ४ फाल्गुन २०७७, मंगलवार १३:४३

विराटनगर : प्रदेश १ को राजधानी विराटनगरको इतिहाससँग जोडिएको विराट गोल्डकप फुटबल प्रतियोगिता आगामी चैत अन्तिम साताबाट आयोजना हुने भएको छ। 

२०७४ पछि रोकिएको प्रतियोगिता सञ्चालनका लागि चैत २५ देखि २०७८ वैशाख ४ गतेसम्मको मिति पक्का गरिएको हो। २०७४ चैतमा दिवा तथा रात्रिकालिन (डे-नाइट) प्रतियोगितापछि विराट गोल्डकप दुई वर्षसम्म हुन सकेन। 

पहिलो पटक विराटनगरमा डे-नाइट प्रतियोगिता आयोजना भएपछि आयोजकले अर्को वर्ष अर्थात २०७५ सालमा त्यसलाई निरन्तरता दिने प्रयास गरेन। कोरोना महामारीका कारण सबै खेलकुद गतिविधि नै ठप्प हुँदा २०७६ सालमा गोल्डकप आयोजना हुनसक्ने सम्भावना रहेन। 

प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाको दबाबपछि दुई वर्षदेखि रोकिएको प्रतियोगिता सञ्चालन गर्न विराट गोल्डकप ट्रष्ट तयार भएको हो। ट्रष्टलाई खेल सञ्चालन गर्न नसक्ने भए आफूलाई जिम्मा दिन महानगरले दबाब दिइरहेको थियो। 

प्रदेश सरकारले पनि डे-नाइट खेल सञ्चालन गर्न फ्लडलाइट जडान कार्य अन्तिम चरणमा पुगेको भन्दै गोल्डकप आयोजना गर्न दबाब दिएको थियो। अस्थायी फ्लडलाइट जडान गरेर डे-नाइट प्रतियोगिता सफल बनाइएपछि भने विराटनगरको सहिद रंगशालामा स्थायी फ्लडलाइट जडानमा सरकार तातेको हो। लाइटको निर्माण सकेर यसैसाता उद्घाटन गर्ने तयारी रहेको बताइएको छ।  

ट्रष्टका पदाधिकारीले गोल्डकप आयोजनाबारे प्रदेश १ का सामाजिक विकासमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीसँग छलफल गरेका थिए। छलफलमा मन्त्री कार्की र महानगर प्रमुख पराजुलीले आयोजकलाई आवश्यक सहयोग गर्ने आश्वासन दिएपछि ट्रष्टका पदाधिकारीले प्रतियोगिता आयोजना गर्न सहज हुने अपेक्षा राखेर प्रक्रिया अघि बढाएका हुन्। 

तर विराटनगरको इज्जत र प्रतिष्ठासँग जोडिएको यति ठूलो प्रतियोगिता आयोजना गर्न सधैं निजी क्षेत्रको आश गर्नुपर्ने अवस्था छ। बारम्बार निजी क्षेत्रकै पहल र सक्रियतामा प्रतियोगिता हुँदै आए पनि त्यसले निरन्तरता भने पाउन सकिरहेको छैन। 

विराटनगरका उद्योगी एवं व्यवसायी राजेन्द्र राउतले पहिलो पटक निजी क्षेत्रबाट गोल्डकप आयोजनाको जिम्मा लिएर सफल बनाएका थिए। त्यसपछि उद्योगी नवीन रिजालको सक्रियतामा त्यसलाई परिस्कृत गरेर डे-नाइट खेल सञ्चालन गरियो। तर रिजालले पनि दोस्रो पटकबाट त्यसलाई निरन्तरता दिन सकेनन्। ट्रष्टको शनिबारको बैठकले गोल्डकप आयोजना गर्ने जिम्मा फेरि निजी क्षेत्रलाई दिएको छ। 

प्रतियोगिता आयोजक समिति संयोजकको जिम्मेवारी विराटनगरका व्यवसायी मनोजविक्रम शाहलाई दिइएको छ। उनी विराट गोल्डकप ट्रष्टका कार्यसमिति सदस्य पनि हुन्। गोल्डकप सुरु भएयता सधैं निजी क्षेत्रले सहयोग गरिरहेका कारण निजी क्षेत्र र ट्रष्टको सहकार्यमा मात्रै प्रतियोगितालाई सफल बनाउन सम्भव हुने उनको विश्लेषण छ। 

प्रतियोगिता सञ्चालनको विषयलाई लिएर शाहले आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीसँग काठमाडौंमा अनौपचारिक भेटघाट र छलफल गरेका छन्। संयोजक शाहले एन्फाकै क्यालेन्डर अनुसार सबै पक्षसँग समन्वय गरेर प्रतियोगिता सञ्चालनको तयारी थालिएको जानकारी दिए। रातको समयमा आयोजना हुने भएकाले प्रतियोगितामा सबैको आकर्षण रहने अपेक्षा गरिएको उनको भनाइ छ। 

गोल्डकप ट्रष्टका सहकोषाध्यक्ष अनुज बानियाले प्रतियोगितामा सहभागी टिम तथा पुरस्कार राशीबारे चाँडै निर्णय लिइने जानकारी दिए। बानियाकाअनुसार कोरोना संक्रमण कायमै रहेका कारण यस वर्ष प्रतियोगितामा सम्भवत विदेशी टिम आउने छैनन्। यसअघिका प्रतिस्पर्धामा भारत, भुटान र बंगलादेशबाट पनि सहभागिता हुने गरेको थियो। 

केही समयदेखि निजी क्षेत्रको नेतृत्वमा हुँदै आएको प्रतियोगिता विवादरहित ढंगबाट भव्य रुपले सफल पनि हुँदै आइरहेको छ।  लामो समयदेखि ठप्प रहेको गोल्डकप २०६८ सालमा सञ्चालन गर्ने जिम्मा भीम कुँवरले पाएका थिए। गोल्डकपको हिसाबकिताब पारदर्शी नभएको आरोप लागेका कारण त्यसपछि प्रतियोगिताले कुँवरको नेतृत्व पाउन सकेन। अनियमितताको आरोपसँगै कुँवर नेतृत्वमा रहेका पदाधिकारीले राजीनामा दिए। 

त्यसपछि प्रतियोगिता सञ्चालन गर्ने जिम्मा प्रतिष्ठित उद्योगी राउतको काँधमा आएको हो। उनले प्रतियोगितालाई भव्य रुपमा सफल बनाए। त्यसपछि उद्योगी रिजालले रात्रिकालिन प्रतियोगिता गराए। त्यसलाई निरन्तरता दिन नसक्दा रिजालको आलोचना पनि भयो। रिजालपछि ट्रष्टले युवा उद्यमी शाहलाई विश्वास गरेर यस वर्ष प्रतियोगिता आयोजक समितिको नेतृत्व प्रदान गरेको स्रोतले बतायो। 

२०१८ सालदेखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट महेन्द्र गोल्डकपको रुपमा यसको सुरुवात भएको इतिहास छ। ३९ वर्षसम्म नियमित रुपमा भइरहेको प्रतियोगिता २०५७ सालदेखि भने निक्कै लामो समय बन्द भयो। ११ वर्षसम्म गोल्डकप हुनै सकेन। 

त्यसपछि नाम परिवर्तन गर्दै महेन्द्रबाट विराट गोल्डकप बनाएर २०६८ सालदेखि प्रतियोगिता सञ्चालन गर्न थालिएको हो। २०७० सालमा हुन नसकेको यो प्रतियोगिता आयोजक परिवर्तन गरेर २०७१ बाट गर्न थालियो। २०७३ सालमा पनि प्रतियोगिता हुन सकेन।

साभार: annapurnapost.com

One thought on “विराट गोल्डकप चैत अन्तिमबाट”
  1. hey there and thank you for your info – I’ve certainly picked up something new from right here.
    I did however expertise several technical points using this website,
    as I experienced to reload the website many times previous
    to I could get it to load correctly. I had been wondering if
    your web hosting is OK? Not that I’m complaining, but sluggish loading instances times
    will very frequently affect your placement in google and can damage your high quality score if ads and marketing with Adwords.
    Anyway I am adding this RSS to my email and could look out for a lot more
    of your respective exciting content. Ensure that you update this again soon.
    casino en ligne
    Thanks for finally talking about > विराट गोल्डकप चैत अन्तिमबाट – Saptahik Samachar casino en ligne
    Thank you for the good writeup. It in fact was a amusement account it.
    Look advanced to far added agreeable from you! However, how
    can we communicate?
    casino en ligne
    Right away I am ready to do my breakfast, afterward having my breakfast coming yet again to
    read other news.
    casino en ligne
    Please let me know if you’re looking for a writer
    for your weblog. You have some really great articles and I
    feel I would be a good asset. If you ever want to take some of the load
    off, I’d really like to write some material for your blog in exchange for a link back to mine.
    Please send me an e-mail if interested. Thanks!

    casino en ligne
    Just wish to say your article is as surprising. The clarity to your submit is just great and i could suppose you are
    an expert in this subject. Well with your permission allow me to grasp your feed to keep up to date with impending post.
    Thanks 1,000,000 and please carry on the gratifying work.

    casino en ligne
    Yes! Finally someone writes about sss.
    meilleur casino en ligne
    I’m not sure why but this website is loading extremely slow for me.
    Is anyone else having this issue or is it a problem on my end?
    I’ll check back later and see if the problem still exists.

    casino en ligne francais
    I am regular visitor, how are you everybody?
    This article posted at this web page is actually nice.

    meilleur casino en ligne
    Hey very cool blog!! Man .. Beautiful .. Superb .. I’ll bookmark your website and take the feeds also?

    I’m glad to seek out so many useful info right here within the publish, we’d like
    work out more strategies in this regard, thank you for sharing.
    . . . . .
    casino en ligne

Leave a Reply

Your email address will not be published. Required fields are marked *