• Wed. Jun 18th, 2025

वाल विकास शिक्षकद्वारा स्वागत सम्मान

BySaptahik Samachar

२८ चैत्र २०७८, सोमबार १८:१० २८ चैत्र २०७८, सोमबार १८:१० २८ चैत्र २०७८, सोमबार १८:१०

भद्रपुर २८,चैत्र / भद्रपुर स्थित बाल विकास शिक्षक संघर्ष समितिले अधिकार प्राप्तिको आन्दोलनमा सहयोग पुर्‍याउने विभिन्न क्षेत्रलाई स्वागत तथा सम्मान गरेको छ। नव बर्ष २०७९ को पूर्व सन्ध्यामा हिजो आइतबार भद्रपुरको बाल मन्दिरमा आयोजित संक्षिप्त कार्यक्रममा स्वागत सम्मान गरेको हो।
विद्यालयमा बाल विकास शिक्षकका रूपमा कार्यरत उनीहरूको सेवा सुविधा वृद्धिको लागि संघर्ष समितिले गरेको आन्दोलनमा ऐक्यबध्दता जनाउने शिक्षक संघ, संगठन र संचारकर्मीहरूलाई सम्मान गरिएको संघर्ष समितिकी सचिव हिरा भूर्तेलले जानकारी दिनुभयो।
बाल शिक्षकका लागि सरकारले आर्थिक बर्ष 2078/79 को बजेटमा तोकेको न्यूनतम पारिश्रमिक रू १५ हजार रकम प्रदान गर्न स्थानीय सरकार भद्रपुर नगरपालिकाले अस्वीकार गरे पछि आन्दोलित बाल शिक्षकहरूको संघर्षमा हातेमालो गर्दै आन्दोलन सफल पार्न महत्वपूर्ण भुमिका निर्वाह गरेकोले कृतज्ञता स्वरूप नयाँ बर्षको सन्दर्भमा शुभकामना सहित सम्मान कार्यक्रम गरेको आयोजकले जनाएका छन्।
शिक्षक महासंघ भद्रपुरका अध्यक्ष गणेश गिरीको प्रमुख आतिथ्य र संघर्ष समितिका संयोजक तारा मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गिरी सहित शिक्षक संघ संगठनका प्रतिनिधिहरू अमर खड्का, घनश्याम खनाल, ललित लिम्बू र संचारकर्मी गोपाल गिरीले मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको संचालन सचिव हिरा भूर्तेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य वाल शिक्षक अनिता प्याकुरेलले राख्नुभएको थियो।

107 thoughts on “वाल विकास शिक्षकद्वारा स्वागत सम्मान”
  1. Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

  2. Эта информационная статья охватывает широкий спектр актуальных тем и вопросов. Мы стремимся осветить ключевые факты и события с ясностью и простотой, чтобы каждый читатель мог извлечь из нее полезные знания и полезные инсайты.
    Разобраться лучше – https://medalkoblog.ru/

Leave a Reply to binance Registrace Cancel reply

Your email address will not be published. Required fields are marked *