• Mon. Oct 6th, 2025

वर्तमान साहित्य प्रतिष्ठान स्थापनाको रजत वर्ष

BySaptahik Samachar

१५ भाद्र २०८१, शनिबार १७:४३ १५ भाद्र २०८१, शनिबार १७:४३ १५ भाद्र २०८१, शनिबार १७:४३

भद्रपुर १५ ,भदौ / झापाको सदरमुकाम नगर भद्रपुरको चन्द्रगढीस्थित वर्तमान साहित्य प्रतिष्ठानले स्थापनाको रजत वर्ष पूरा गरेको उपलक्ष्यमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।
भद्रपुरका नगर–प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कविता वाचन, गीत गायन तथा विगत वर्तमान झल्कने डकुमेन्ट्री प्रदर्शन गरेर प्रतिष्ठानको २५ औं वार्षिकोत्सव मनाइएको हो ।
भद्रपुर साहित्य कला प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहाल, प्राज्ञसभा सदस्य हरिप्रसाद पौडेल, साहित्यकार भवानी क्षेत्री लगायतले मन्तव्य राखेको कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रतिष्ठानका पूर्वअध्यक्ष कृष्ण अनमोलले झापा सदरमुकाममा सुस्ताउँदै गएको कला, साहित्यको उत्थानमा प्रतिष्ठान लागिरहेको जानकारी दिनुभयो ।
प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षता, उपाध्यक्ष फणिन्द्र पोखरेलले स्वागत र सचिव विकास पाण्डेले सञ्चालन गरेको कार्यक्रममा गायक अर्जुन खरेल, डिल्ली नेपाल लगायतले सुमधुर गीत सुनाउनु भएको थियो भने कवि विरही अधिकारी, हरिप्रसाद न्यौपाने लगायतले कविता वाचन गर्नुभएको थियो।

7 thoughts on “वर्तमान साहित्य प्रतिष्ठान स्थापनाको रजत वर्ष”
  1. Great post. I was checking continuously this blog and I’m impressed! Extremely helpful info specifically the last part 🙂 I care for such information a lot. I was looking for this particular information for a very long time. Thank you and best of luck.

Leave a Reply to Ankara Escort Reviews Cancel reply

Your email address will not be published. Required fields are marked *