• Wed. Jun 18th, 2025

राप्रपा.३नं.क्षेत्रले गर्यो उम्मेदवार सिफारिस

BySaptahik Samachar

१५ भाद्र २०७९, बुधबार १५:२८ १५ भाद्र २०७९, बुधबार १५:२८ १५ भाद्र २०७९, बुधबार १५:२८

भद्रपुर १५ भदौ / राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं ३ झापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि उम्मेद्वार सिफारिस गरेको छ। पार्टीको क्षेत्रीय कार्यसमितिको बैठकले सिफारिस गरेको नामावली जिल्ला कार्य समिति पठाएको छ।
सिफारिस भएका नाममा प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ राजेन्द्रप्रसाद लिङदेन, समानुपातिक तर्फ अन्जार आलम, सीता लम्साल र विकेन्द्रकुमार लिम्बू रहेका छन्।
यस्तै प्रदेश सभा तर्फ प्रदेश ‘क’ बाट प्रत्यक्षमा नवराज पनेरु, राजकुमार राई, सत्यनारायण यादव तथा समानुपातिक तर्फ निमसरी राजवंशी, कृष्ण सुब्बा, पूर्ण राना र रविचन्द्र ओझालाई सिफारिस गरिएको छ भने प्रदेश ‘ख’ मा प्रत्यक्ष तर्फ रामकुमार सिंह राजवंशी,जीवन पनेरु तथा समानुपातिक तर्फ एकराज रानामगर, कमला राजवंशी, गोपाल हेमरम, सीता श्रेष्ठ, तुलशा आचार्य, सरस्वती कन्दङवा र पुनम राजवंशीको नाम सिफारिस गरिएको पार्टी स्रोतले जनाएको छ। जिल्ला कार्यसमितिले यी नामहरूवाट उम्मेद्वार चयन गर्ने क्षेत्रीय सचिव खिवराज भट्टराईले जानकारी दिनुभएको छ।

87 thoughts on “राप्रपा.३नं.क्षेत्रले गर्यो उम्मेदवार सिफारिस”
  1. Эта статья предлагает живое освещение актуальной темы с множеством интересных фактов. Мы рассмотрим ключевые моменты, которые делают данную тему важной и актуальной. Подготовьтесь к насыщенному путешествию по неизвестным аспектам и узнайте больше о значимых событиях.
    Исследовать вопрос подробнее – https://medalkoblog.ru/

Leave a Reply to Professional Escort for Ankara Events Cancel reply

Your email address will not be published. Required fields are marked *