• Thu. Dec 12th, 2024

राजवंशी समाज विकास समिति ‘रासविस.’झापाको साधारण सभा सम्पन्न

BySaptahik Samachar

२३ मंसिर २०८१, आईतवार २१:१६ २३ मंसिर २०८१, आईतवार २१:१६ २३ मंसिर २०८१, आईतवार २१:१६

भद्रपुर २३,मङ्सिर / राजवंशी समाज विकास समिति ‘ रासविस.’ झापाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । रासविस.का केन्द्रीय अध्यक्ष सुवन्त राजवंशीको प्रमुख आतिथ्य र संस्थाका झापा जिल्ला अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षता भएको साधारण सभामा भद्रपुर वार्ड नम्बर ४ का वडा अध्यक्ष हंशधर राजवंशी, रासविस.का बारदशी गाउँ पालिका अध्यक्ष राजु राजवंशी ,गौरीगञ्ज गाउँपालिका अध्यक्ष गोपाल राजवंशी , मैथिली समाजका भद्रपुर नगर अध्यक्ष रमेशचन्द्र झा , आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठान का कार्यवाहक अध्यक्ष नन्दलाल राजवंशीले शुभकामना मन्तव्य दिनुभएको थियो।
   सोही अवसरमा थाइल्याण्डको ब्याङ्ककमा भर्खरै सम्पन्न miss heritage petite universe international 2024 कि विजेता बारदशी निवासी मनिषा राजवंशीलाई सम्मान गरिएको थियो।
उत्तमकुमार राजवंशीको अध्यक्षतामा २०८० साल मङ्सिर १९ गतेको आठौं अधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्य समितिले भद्रपुरको एक होटलमा गरेको साधारण सभामा वार्षिक प्रतिवेदन अध्यक्ष उत्तमकुमारले र कोषाध्यक्ष बसन्ती राजवंशीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

ऋण काढेर संस्कार-संस्कृति जोगाउने कार्यक्रम गर्न बाध्य

रासविस.झापाको वार्षिक साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदनबाट आदिवासी राजवंशीहरुले ऋण काढेर कार्यक्रम गर्ने गरेको पाइएको छ। राजवंशी समाज विकास समितिले सिरुवा कार्यक्रम ,भाक्का दिवस ,चिलाराय दिवस,कवड्डी खेलाडी सम्मान, दधिकाद कार्यक्रम , प्रदेशका राज्यमन्त्री भूमिप्रसाद राजवंशीलाई सम्मानलगायतका कार्यक्रम गरेको थियो । ती कार्यक्रम गरिरहँदा जिल्ला अध्यक्ष उत्तमकुमार राजवंशीले १ लाख ३४ हजार ८१७ र सचिव सोहनलाल राजवंशीले ६ हजार १५० रुपैयाँ गोजीबाट खर्च गरेको जनाइएको छ। त्यस्तै ८१ हजार ८७२ रुपैयाँ नोक्सान लागेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाका उपाध्यक्ष जितलाल राजवंशीले स्वागत मन्तव्य र सचिव सोहनलाल राजवंशीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। अध्यक्षले गोजीबाट रकम हालेर संस्था चलाउनु परेको बिषयमा प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीले राज्यबाट सहयोग नपाएपछि संस्कार संस्कृति जोगाउनका लागि नै ऋण काढेरै भए पनि कार्यक्रम गर्न बाध्य हुनुपरेको टिप्पणी गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *