• Sun. Jun 22nd, 2025

युवाको लगानीमा फुटसल

Bysaptahiksamachar

२६ माघ २०७७, सोमबार ००:१४ २६ माघ २०७७, सोमबार ००:१४ २६ माघ २०७७, सोमबार ००:१४
जिल्लाको वालिङमा यहाँका चार जना युवाहरुको सामूहिक लगानीमा फुटसल सञ्चालनमा आएको छ । वालिङ १० का स्थानीय युवाहरुले एक करोडको लगानीमा तल्लो वालिङमा वालिङ फुटसल कोर्ट स्थापना गरी खेल सञ्चालन गरेका हुन् । सोमबहादुर मल्ल (बिमल), अन्दाज थकाली, बीरेन्द्रध्वज मल्ल र अनिशमान श्रेष्ठको सामूहिक लगानीमा वालिङमै दोस्रो ईन्डोर फुटसल सञ्चालनमा आएको हो ।
फुटसलको उद्घाटन गर्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले फुटसल खेलको विकासका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले वालिङ तथा आसपासका खेलाडीहरुको क्षमता प्रष्फुटन गर्नुका साथै नयाँ नयाँ खेलाडीहरु उत्पादन गर्नका लागि यसबाट सहयोग पुग्ने बताउनुभयो ।
“फुटसलले पक्कै पनि खेलकुदप्रति आकर्षण बढ्नुका साथै स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण भूमिका खेल्ने छ” नगर प्रमुख खाँणले भन्नुभयो, “खेलकुदका क्षेत्रमा गरिएको खर्च, खर्च नभई लगानी हो यसले पछि उपलब्धी दिदैं जाने छ ।” कार्यक्रममा उप प्रमुख कल्पना तिवारीले खेललाई ब्यवसायिकतासँग जोड्दै अगाडि बढाउनु आवश्यक रहेको बताउनुभयो ।
उहाँले लुकेर रहेका प्रतिभावान खेलाडीहरुको खोजी तथा खेल क्षेत्रको विकासका लागि यसबाट सहयोग पुग्ने बताउनुभयो । फुटसल उद्घाटनका क्रममा खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
2 thoughts on “युवाको लगानीमा फुटसल”
  1. Useful information Regards!
    meilleur casino en ligne
    Nicely put, Thanks a lot!
    casino en ligne France
    You’ve made your stand very nicely.!
    casino en ligne
    You reported it well!
    meilleur casino en ligne
    Thanks. Great information!
    meilleur casino en ligne
    Thank you! Quite a lot of material.
    casino en ligne France
    Regards. Good stuff.
    casino en ligne
    This is nicely put. .
    casino en ligne
    Nicely put, Kudos!
    meilleur casino en ligne
    Useful write ups Regards.
    casino en ligne France

Leave a Reply

Your email address will not be published. Required fields are marked *