
भद्रपुर १५,कात्तिक / झापाको सदरमुकाम चन्द्रगढीस्थित महेन्द्र पार्कमा वाटर फाउन्टेन ( पानीको फोहोरा )- जडान गरिएको छ।भद्रपुर नगर पालिकाको वार्षिक कार्यक्रम अन्तर्गत लगभग २० लाख रूपैयाँको बजेटबाट वाटर फाउन्टेन जडान गरिएको हो।
पार्कमा जडान गरिएको वाटर फाउन्टेनको बुधबार परीक्षण गरिएको छ।८ नम्बर वडाको विशेष सक्रियतामा यथासमयमा कार्यसम्पादन भएको छ,भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेलले भन्नुभयो-‘ भद्रपुरको गहनाको रूपमा रहेको यसले सदरमुकामको सौन्दर्यलाई बृद्धि गर्नेछ।


तत्कालीन अञ्चलाधीश छिरिङतेन्जिङ लामाको अग्रसरतामा निर्माण सम्पन्न भएको महेन्द्र पार्कमा रहेको राजा महेन्द्रको सालिक २०६२/०६३को जनआन्दोलनको राप तापमा फालिएर केही वर्ष वेवारिसे जस्तै बनेपछि ८ न.वडा अध्यक्ष गौरव सुव्वा’मनोजको पहलमा नगरले बिनियोजन गरेको रकमबाट पार्कले नयाँ जीवन पाएको हो।
पार्क निर्माणका लागि इष्टमेट गरिएको लगभग २० लाख बजेट मध्ये १५% स्थानीय समुदायले बेहोरेका छन्। भद्रपुर नगर पालिकाका योजना शाखा प्रमुख इन्जिनियर योगेन्द्र रन्जितकारले भन्नु भयो,- वडाले गठन गरेको सक्रिय उपभोक्ता समितिले समयमै उपभोक्ताका तर्फबाट सहकार्य गर्ने पहल बेलैमा भएकाले जडान कार्य समयमै सम्पन्न गर्न सकियो।


८ नम्बर वडाअध्यक्ष गौरव सुव्वा’मनोज भन्नुहुन्छ-परीक्षण गरिएको फाउन्टेनको जडान सफल भएको छ,केही हप्तापछि नै फाइनल्ली सञ्चालनमा आउँछ। यद्यपि पार्कको उत्तर र दक्षिण खण्डमा पनि आगामी वर्षको वार्षिक कार्यक्रमबाट यसलाई पुरा गरेर यसको सुसञ्चालनका लागि उचित निर्णय गर्दै व्यवस्थित गर्ने नगर प्रमुख पाेखरेलको भनाई छ ।

साप्ताहिक समाचारसँगको संक्षिप्त कुराकानीमा उहाँले भन्नुभयो, यस्को दिगो व्यवस्थापनका लागि ढिलो चाँडो टिकट सिस्टम गर्नै पर्छ।
İlk görüşmeden itibaren kendimi özel hissettiren nadir deneyimlerden biri oldu. Özellikle Çankaya escort kızlar çok kibar ve bakımlıydı.
Greenpark, Oran ve Çukurambar gibi bölgelerde escort arıyorsanız kesinlikle buraya göz atın. Kalite, konfor ve gizlilik bir arada.