• Sat. Mar 14th, 2026

भोलिदेखि विर्तामोडमा झापा गोल्ड कप सुरु

BySaptahik Samachar

१८ फाल्गुन २०८०, शुक्रबार १५:३४ १८ फाल्गुन २०८०, शुक्रबार १५:३४ १८ फाल्गुन २०८०, शुक्रबार १५:३४

भद्रपुर १८ फागुन / छैटौं झापा गोल्डकप भोलिदेखि बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा सुरु हुँदैछ । गोल्डकपको पहिलो दिन संकटा र एपीएफबीच खेल हुनेछ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गोल्डकपको उद्घाटन गर्नु हुनेछ । झापा गोल्डकप गत वर्ष बिर्तामोडमा भएन। त्यसको विकल्पमा भद्रपुर झापा गोल्ड कपको नाममा भद्रपुरको मेची रङ्गशालामा प्रतियोगिता भएको थियो ।

तसर्थ दुई वर्ष अर्थात् ०७८ पछि हुन लागेको झापा गोल्डको तयारी यो वर्ष भव्यरुपमा सम्पन्न गर्ने तयारी गरिएको छ । रंगशालामा खेल्नका लागि चाहिने आवश्यक संरचनादेखि सौन्दर्यकरणमा पनि आयोजकले विशेष ख्याल गरेको छ । गोल्डकपको आयोजनासँगै बिर्तामोड क्षेत्रको सरसफाई र रात्रिकालीन लाइटको व्यवस्था पनि मिलाइएको छ । यतिवेला विर्तामोड क्षेत्र झिलिमिली बनेको छ । बिर्तामोड मुक्तिचोकदेखि रंगशालासम्मकै सडक आसपास आकर्षकढंगले सजाइएको छ। गोल्डकपका अध्यक्ष विनोद बस्नेतले भन्नुभयो – ‘ यो प्रतियोगिता फुटवलप्रेमी र झापाबासीहरुको चाड भएकाले सोही अनुसार तयारी गरिएको छ।’ झापा गोल्ड कपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी हुँदैछन्।

झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुनेछ । गोल्डकपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ । झापा गोल्डकपको छैटौँ संस्करण सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

466 thoughts on “भोलिदेखि विर्तामोडमा झापा गोल्ड कप सुरु”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply to Waynecig Cancel reply

Your email address will not be published. Required fields are marked *