• Wed. Jun 18th, 2025

भद्रपुर ८ नं.वडामा लागु औषध दुर्व्यसन सम्बन्धी अभिमुखीकरण

BySaptahik Samachar

२७ चैत्र २०७८, आईतवार १७:०० २७ चैत्र २०७८, आईतवार १७:०० २७ चैत्र २०७८, आईतवार १७:००

भद्रपुर २७,चैत्र /भद्रपुर नगरपालिका वडा नम्बर ८ को आयोजना एवं वडा स्तरीय युवा क्लबको समन्वयमा खेलाडी सम्मान तथा लागु औषध दुर्व्यसन सम्बन्धी एक दिवसीय अभिमुखीकरण सम्पन्न गरिएको छ। भद्रपुर – ७ स्थित किरात कोलोनी भवनमा आइतबार झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता वडा स्तरीय युवा क्लबकी अध्यक्ष आराध्या प्याकुरेलले गर्नुभएको थियो।
कार्यक्रममा वडाका विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरिएको थियो भने लागु औषध दुर्व्यसन सम्बन्धमा पूर्व डिएसपी धनप्रसाद शिवाकोटी र वडा प्रहरी कार्यालय भद्रपुरका इन्चार्ज प्रहरी निरीक्षक दलकुमार राईले सहजीकरण गर्नुभएको थियो।८ नम्वर वडा अन्तरगतका विभिन्न विद्यालयका प्रतिनिधिमुलक छात्र छात्रालाई लागु पदार्थका विषयमा अभिमुखीकरण गरिएको सहजकर्ता शिवाकोटीले जानकारी दिनुभयो।
कार्यक्रममा प्रमुख अतिथि प्रजिअ.रिजाल, वडाध्यक्ष गौरव सुव्वा,कांग्रेसका ३नं. क्षेत्रीय सभापति गणेश पोखरेल, प्राध्यापक डाक्टर पृथ्वीविक्रम राई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।


सोही अवसरमा आयोजित वक्त्रित्व कला प्रतियोगितामा सहभागी भानु प्राथमिक विद्यालयकी निनामा राई,विदुर इङ्ग्लिस वोर्डिङ हाइस्कुलकी विपिना श्रेष्ठ, मोडर्न इङ्ग्लिस स्कुलका रविन्द्र कार्की र पृथ्वी आधारभूत विद्यालयकी सम्झना मण्डललाई पनि पुरस्कृत गरिएको थियो। स्वस्तिका दुलाल र नमुना आङ्वे लिम्बूले पालैपालो सन्चालन गर्नुभएको कार्यक्रमका सहभागीहरूलाई अध्यक्ष प्याकुरेलले नै शब्दद्वारा स्वागत गर्नुभएको थियो।

117 thoughts on “भद्रपुर ८ नं.वडामा लागु औषध दुर्व्यसन सम्बन्धी अभिमुखीकरण”
  1. Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

  2. Эта статья предлагает живое освещение актуальной темы с множеством интересных фактов. Мы рассмотрим ключевые моменты, которые делают данную тему важной и актуальной. Подготовьтесь к насыщенному путешествию по неизвестным аспектам и узнайте больше о значимых событиях.
    Получить дополнительную информацию – https://medalkoblog.ru/

Leave a Reply to business-manager-for-sale.org_encarie Cancel reply

Your email address will not be published. Required fields are marked *