• Mon. Jan 26th, 2026

भद्रपुर झापा गोल्ड कपको तयारी पूरा, बुधबारदेखि प्रतियोगिता शुरू

BySaptahik Samachar

५ फाल्गुन २०८१, सोमबार २०:४५ ५ फाल्गुन २०८१, सोमबार २०:४५ ५ फाल्गुन २०८१, सोमबार २०:४५

भद्रपुर ५, फागुन । बुधवारदेखि भद्रपुर झापा गोल्डकप सुरु हुँदैछ । आज मेची रंगशालामा आयोजक भद्रपुर झापा गोल्डकपले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराइएको हो ।
सौर्य एअरलाइन्स ओमसाई पाथीभरा हस्पिटल भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फूटबल प्रतियोगिता यही फागुन ७ गतेदेखि १६ गतेसम्म हुने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले बताउनु भयो ।
    गोल्डकपलाई उत्कृष्ट, भव्य र परिष्कृत बनाउन आकर्षक मैदान बनाइएको छ । प्रतियोगताको तयारीस्वरुप लगभग २० हजार दर्शक बस्न मिल्ने गरी स्थायी पक्की तथा बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको छभने स्वागत गेटहरु निर्माण गरिएको छ ।

यो संस्करणको भद्रपुर झापा गोल्डकपमा घरेलु टोली भद्रपुर ब्लेजर्स सहित ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्यु रोड टिम, सशस्त्र प्रहरीको एपिएफ एफसी र झापा–११ एफसी सहभागी हुनेछन् । गोल्डकपमा तीन विदेशी टिमहरु दार्जिलिङ पुलिस एफसी भारत, ट्रान्सपोर्ट युनाइटेड एफसी भूटान, काउर्न बाजार प्रगति संघ बंगलादेशसहित १० वटा टिम सहभागी हुनेछन् ।
गोल्डकपको फाइनलको विजेताले नगद १३ लाख, उपविजेताले नगद ७ लाख, आकर्षक ट्रफी र मेडल प्राप्त गर्नेछन् । गोल्डकप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
   प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख ५ हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।

प्रतियोगिताको उद्घाटन पूर्वउपप्रधान तथा गृहमन्त्री, राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले गर्ने अध्यक्ष ढकालले बताउनु भयो । महासचिव जीवनकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा क्वार्टर फाइनलसम्मको टिकट दर २०० रुपैयाँ, सेमिफाइनलमा ३०० रुपैयाँ, फाइनलमा बाँसको प्यारापिटका लागि ३०० रुपैयाँ र पक्की प्यारापिटका लागि ५०० रुपैयाँ टिकट दर कायम गरिएको छ।
पत्रकार सम्मेलनमा भद्रपुर नगरप्रमुख गणेश पोखरेल, गोल्डकपका मुख्य सल्लाहकार टिकाराज ढकाल, अध्यक्ष दिपेश ढकाल र महासचिव श्रेष्ठले जिज्ञासाको पत्रकारको जिज्ञाशाको जवाफ दिएका थिए । कार्यक्रमको सहजीकरण पत्रकार गोपाल गिरीले गर्नु भएको थियो ।

120 thoughts on “भद्रपुर झापा गोल्ड कपको तयारी पूरा, बुधबारदेखि प्रतियोगिता शुरू”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  2. TurkPaydexHub crypto Trading
    TurkPaydexHub se demarque comme une plateforme d’investissement crypto de pointe, qui exploite la puissance de l’intelligence artificielle pour offrir a ses utilisateurs des avantages concurrentiels decisifs.

    Son IA scrute les marches en temps reel, repere les opportunites et execute des strategies complexes avec une precision et une vitesse inaccessibles aux traders humains, augmentant de ce fait les perspectives de gain.

  3. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply to Geraldnab Cancel reply

Your email address will not be published. Required fields are marked *