१ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि भन्ने संशय पैदा भएको बताएका छन् ।

२६ औं जनयुद्ध दिवसको अवसरमा बर्दियाको बारबर्दिया नगरपालिकाले प्रकाशत गरेको ‘जीवनगाथा’ पुस्तक आज काठमाडौंमा विमोचन गर्दै प्रचण्डले हजारौं सहिदको बलिदानीबाट प्राप्त उपलब्धी गुम्ने खतरा पैदा भएको बताएका हुन् ।
‘यस्तो परिस्थितिमा यो जीवनगाथा आएको छ । कहीँ कतै संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा जाने हो कि ? कहीँ हजारौ शहीदहरुले बलिदान गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि ? भन्ने खतरा पैदा भएको बेला पनि छ,’ प्रचण्डले भने ।
जनयुद्धमा शहीद, बेपत्ता पारिएका तथा घाइतेहरुको विवरण समेटर तयार पारिएको ‘जीवनगाथा’ पुस्तकको विशेष अर्थ र महत्व रहेको भन्दै प्रचण्डले यसबाट समावेशी लोकतन्त्र, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको रक्षाका निम्ति पनि प्रेरणा मिल्नेसमेत बताए ।
‘नयाँ परिघटना’
पुस्तक विमोचनपछि पार्टी कार्यालय पेरिसडाँडामा ‘सहिद स्मृति तथा सम्मान’ कार्यक्रममा सहभागी भएका प्रचण्डले सरकारको तर्फबाट आयोजना गरिएको पुस्तक विमोचन कार्यक्रममा आफू सहभागी हुनु नयाँ परिघटना भएको अनुभूति सुनाए ।
‘पार्टीको तर्फबाट राखिएको होइन रहेछ त्यो विमोचन कार्यक्रम, सरकारको तर्फबाट । यो एउटा पहिलो र नयाँ परिघटना भयो,’ प्रचण्डले भने । विमोचन कार्यक्रममा सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता छानविन आयोग र सरकारका प्रतिनिधिहरुसमेत सहभागी रहेको प्रचण्डले सुनाए ।
बर्दिया जिल्ला जनयुद्धको क्रममा सबैभन्दा धेरै नागरिक बेपत्ता भएको जिल्ला हो । जिल्लाको बारबर्दिया नगरपालिकाले प्रकाशित गरेको ‘जीवनगाथा’ पुस्तकमा ६ सय ८० जनाको जीवनी समेटिएको छ । तीमध्ये ३ सय २८ शहीद, २ सय ५० जना बेपत्ता र १ सय २ जना घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुको जीवनी समेटिएको छ ।
साभार:अनलाइनखबर
This is really interesting, You’re a very skilled blogger. I’ve joined your feed and look forward to seeking more of your magnificent post. Also, I’ve shared your site in my social networks!
Официальная покупка диплома вуза с сокращенной программой обучения в Москве
Khám phá các sòng bạc trực tuyến hàng đầu được xếp hạng năm 2025. So sánh tiền thưởng, lựa chọn trò chơi và độ tin cậy của các nền tảng hàng đầu để có trải nghiệm chơi game an toàn và bổ íchhoạt động casino