• Sun. Sep 8th, 2024

नेपालभन्दा भारतमा डिजेल महँगो भएपछि ट्याङ्करबाटै तस्करी

Bysaptahiksamachar

२ चैत्र २०७७, सोमबार २०:२३ २ चैत्र २०७७, सोमबार २०:२३ २ चैत्र २०७७, सोमबार २०:२३

नेपालमा भन्दा भारतमा डिजेल प्रतिलिटर २५ रुपैयाँ महँगो मूल्यमा बिक्री हुने गरेपछि तस्करमा लागेका गिरोहले अनेक जुक्ति लगाएर भारततर्फ इन्धन तस्करी गर्ने गरेको पाइएको छ । 

मोटरसाइकलमा जर्किनमा राखेर तस्करी हुँदै आएको इन्धन पछिल्लो समय ट्याङ्करबाटैै तस्करी हुने गरेको पाइएको छ ।

डिजल लोड गरी भारततर्फ जान लागेको ट्याङ्कर नियन्त्रणमा लिएसँगै भारतबाट आयत गरिएको इन्धन भारत नै तस्करी हुने गरेको रहस्य बाहिर आएको छ । 

शनिबार इन्धन लिनका लागि भारत जाने तयारीमा रहेको को १ ख ५९१२ नम्बरको ट्याङ्कर जाँच गर्दा दुई हजार ६ सय ६० लिटर डिजल बरामद भएको थियो । 

ट्याङ्करको दुई नम्बर च्याम्बरमा आधा लोड गरिएको अवस्थामा डिजेल भेटिएपछि नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरले मोरङ प्रहरीलाई खबर गरेको थियो । 

भारत अररिया जिल्ला मिरगन्जका चालक र सह–चालक २६ वर्षीय मोहमद सजाद र २१ वर्षीय इमरोज आलमलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा उनीहरूले डिजेल तस्करी गरी भारत लैजाने तयारी गरेको खुलेको मोरङ प्रहरीले जनाएको छ ।

भारतको बरौनी डिपोबाट शुक्रबार आयल निगम विराटनगरका लागि आएको ट्याङकरमा २० हजार लिटर पेट्रोल लिएर आएको सो ट्याङ्करको अटोमेटिक रूपमा लक गरिएको चाबी आयल निगममा खोलिएको थियो । त्यसपछि उक्त ट्याङ्करले बेलबारीमा रहेको २ वटा, विराटचौक र सुनसरीको तरहरामा रहेको १ वटा पेट्रोल पम्पहरूमा समान ५÷५ हजार लिटरको दरले पेट्रोल अनलोड गरेपछि बुढीगङ्गा गाउँपालिका ४ नेमुवामा रहेको नितेश आयलमा डिजल लोड गरेको खुलेको छ । 

सो ट्याङ्कर ढुवानी व्यावसायी संघ मोरङका सचिव चरणप्रित सिंहको हो । उनको आधा दर्जन बढी ट्याङ्कर सञ्चालनमा छन् । व्यवसायी, ट्याङ्कर चालक र  सह–चालकको मिलेमतोमा इन्धन भारततर्फ तस्करी गरेको हुनसक्ने भएकोले प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अगाडि बढाएको छ । 

‘ड्राइभरले मात्रै चोरी गर्ने आँट गर्दैन, यहाँ गाडी मालिक सिंहकै हात छ,’ सुरक्षा स्रोतले ब्लाष्टसँग भन्यो, ‘सबैको मिलेमतोमा भारततर्फ इन्धनको तस्करी भइरहेको छ ।’

निगमले विराटनगर र बरौनीमा मात्रै लक खोल्ने चाबी रहेको बताउँदै आएको छ । तर बीच बाटोमा तेल अनलोड हुने भएका कारण चोरीमा गिरोह नै सक्रिय रहेको प्रहरीको आशंका छ । 

भारतमा इन्धन महँगो भएका कारण निगमले भारत जाने खाली ट्याङ्करमा पनि लक लगाउने गरेको थियो । शनिबार लक लगाउने क्रममा डिजेल लोड गरेको अवस्थामा भेटिएको नेपाल आयल निगम प्रदेश १ विराटनगरका प्रमुख नकुल भण्डारीले जानकारी दिए ।

‘शुक्रबार बरौनीबाट आएको ट्याङ्रले सोही दिन डिपोमा ढुवानी गरी शनिबार निगममा आएको थियो,’ उनले भने, ‘हामीले भारत जाने खाली ट्याङ्करमा पनि लक गर्ने गरेका थियौँ, जसको चाबी विराटनगर र बरौनी डिपोमा मात्रै हुन्छ, तर लक गर्ने क्रममा शंका लागेर हेर्दा ट्याङ्करमा डिजल भेटियो ।’

डिजल भेटिएपछि थप अनुसन्धानको लागि मोरङ प्रहरीलाई निगमले जानकारी गराएको थियो । प्रहरीले प्रारम्भिक चरणको अनुसन्धानमा भारततर्फ इन्धन तस्करी हुने गरेको पुष्टि भएपछि थप कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा जिम्मा लगाइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । 

यस कारण हुन्छ इन्धन भारततर्फ तस्करी 

नेपालमा भन्दा भारतमा प्रतिलिटर इन्धन २५ रुपैयाँ महँगो छ । भारतमा पेट्रोल प्रतिलिटर १ सय ५५ रुपैयाँ प्रतिलिटरसम्म पर्छ । नेपालमा भने पेट्रोलको मूल्य १ सय १६ रुपैयाँ छ । डिजल नेपालमा ९९ रुपैयाँ प्रतिलिटर छ  भने भारतमा १ सय २५ रुपैयाँ प्रतिलिटर रहेको छ । 

‘भारतमा महँगोमा बेच्नका लागि चोरी गरी लैजाँदारहेछन्,’ आयल निगमका एक अधिकारीले भने, ‘नेपालको तुलनामा भारतमा इन्धन धेरै महँगो छ । त्यही भएर तस्करी हुने गरेको छ ।’

शनिबार तस्करी हुन लागेको बेला बरामद भएको इन्धन भारत पु¥याउँदा करिब ६५ हजार रुपैयाँ तस्करीमा लागेका गिरोहलाई फाइदा हुने थियो । 

साभार : blastkhabar

One thought on “नेपालभन्दा भारतमा डिजेल महँगो भएपछि ट्याङ्करबाटै तस्करी”
  1. Link pyramid, tier 1, tier 2, tier 3
    Primary – 500 references with positioning contained in writings on publishing domains

    Secondary – 3000 domain Rerouted connections

    Lower – 20000 hyperlinks assortment, posts, posts

    Employing a link network is beneficial for online directories.

    Require:

    One hyperlink to the site.

    Query Terms.

    Valid when 1 search term from the page topic.

    Remark the supplementary offering!

    Crucial! Primary hyperlinks do not coincide with Secondary and Tier 3-order links

    A link hierarchy is a tool for elevating the flow and referral sources of a digital property or online community

Leave a Reply

Your email address will not be published. Required fields are marked *