• Fri. Feb 13th, 2026

तिहारमा मिठाइको प्रयोग : स्वास्थ्यलाई पर्ने असर

BySaptahik Samachar

२७ कार्तिक २०८०, सोमबार १३:२० २७ कार्तिक २०८०, सोमबार १३:२० २७ कार्तिक २०८०, सोमबार १३:२०

चाडपर्वका बेला खानेकुराका कारण जीवनशैली अनियमित हुन सक्छ । जसबाट विभिन्न स्वास्थ्य समस्यामा पर्ने गर्छौं । बिहान चाँडै उठेर व्यायाम गर्ने नियमितता पनि छाड्छौं ।
तिहारमा गुलियो खानेकुराको स्थान सबैभन्दा बढी हुने गर्दछ । चिनी प्रायः सबैलाई मन पर्छ, तर चिनीले तत्कालै शक्ति दिने बाहेक स्वास्थ्यका लागि उपयुक्त हँदैन । गुलियोले सेता रक्तकोषहरू कमजोर बनाउँछ, ग्लुकोजको रासायनिक बनोट भिटामिन–सीसँग मिल्दोजुल्दो भएकाले रगतमा ग्लुकोज बढ्दा कोष–कोषमा बस्छन् । जसले एकातिर भिटामिन–सीको कमी भई रोग विरुद्ध लड्ने शक्तिमा ह्रास हुन्छ भने अर्कातिर इन्सुलिन बढाई ग्रोथ हर्मोनको उत्पादन कम हुन्छ र इम्युनिटी घटाउँछ । इन्सुलिनले शरीरमा ट्राइग्लेसेराइडको मात्रा बढाउँछ, बोसो भण्डारण गर्छ ।
जसले मुटुधमनीका रोगहरू, उच्च रक्तचाप बनाउन सक्छ । धेरै वा पटक–पटक चिनी वा गुलियो परिकार खानेमा चाँडै नअघाउने, पटक–पटक खाइरहने बानीले मोटोपना, खनिजतत्वको सञ्चिति र भण्डारणमा कमी ल्याउँछ । शिशुहरूमा दाँतको समस्या देखिन्छ। अत्यधिक चिनी सेवनले मानसिक एकाग्रतामा कमी, झर्किने तथा डिप्रेसन ल्याउँछ, मिर्गौलामा नकारात्मक असर, शरीर सुन्निने, पेटको समस्या, हड्डी खिइने, टाउको दुख्ने, माइग्रेन समस्या बढी हुन्छ ।
हिजोआज त चिनी महंगिएका कारण चिनीभन्दा पाँच सय गुणा बढी गुलियो रसायन स्याकरिनको प्रयोग बढ्दो छ । २० रुपैयाँमा पाइने ५० ग्राम स्याकरिनले ३० किलो बढी चिनीको काम गर्ने बताइन्छ।


सन्तुलित शाकाहारी खानाले मुटु रोग, उच्च रक्तचाप, क्यान्सर, मधुमेह, जोर्नी दुख्ने लगायत अनगिन्ती रोगबाट बचाउँछ । सागपात तथा शाकाहारी खानामा बढी प्रोटिन र एमिनोएसिड भएकाले रक्तचाप नियन्त्रणमा राख्छ, रेसा, म्याग्नेसियम, क्याल्सियम, फलाम र भिटामिन के यथेष्ट हुन्छ। मासुमा अत्यधिक प्रोटिन, बोसो, कम कार्बोहाइड्रेट तथा फलाम र क्याल्सियम पाइँदैन, विभिन्न रोगहरू लगाउँछ। उग्र स्वभावको बनाउँछ। तसर्थ माछा–मासुले तनका साथै मन पनि अस्वस्थ बनाउँछ।
गुलियोले सेता रक्तकोषहरू कमजोर बनाउँछ, ग्लुकोजको रासायनिक बनोट भिटामिन सीसँग मिल्दोजुल्दो भएकाले रगतमा ग्लुकोज बढ्दा कोषकोषमा बस्छन्। जसले एकातिर भिटामिन सीको कमी भई रोगविरुद्ध लड्ने शक्तिमा ह्रास आउँछ।
हरेक चाडपर्वमा पसलका मिठाईहरू किन्ने चलन बढ्दो छ । तर, हिजोआज बजारमा उपलब्ध विभिन्न प्रकारका मिठाइसँगै हामीले रोगहरू पनि किनिरहेका हुन्छौं । किनभने सामान्य दिनको तुलनामा तिहारमा बढी खपत हुने भएकाले मिसावट गरिएको अशुद्ध मिठाइ तिहार आउनु साता अघिदेखि नै बनाइन्छ । मिठाइ बनाउँदा धेरै समयसम्म पकाइने भएकाले अखाद्य पदार्थले शरीरमा दीर्घकालीन असर पारिरहन्छ ।
त्यसमाथि जब चाडपर्व वा मिठाइ बिक्रीको समय आउँछ, तब पसलेले मिठाइ पसलको ढोका बाहिर आँगन र अझ बाटोसम्मै राखेर बेच्ने चलनले बाटोको धुवाँ, धुलोले एकातिर मिठाइलाई दूषित बनाइरहेको हुन्छ भने अर्कातिर झिँगा, कीराको संक्रमण भइरहेको हुन्छ ।
कृत्रिम रसायनयुक्त रङमिश्रित वा दूषित घिउ–तेलको प्रयोगले रक्तकोषिकाहरू विशाक्त भई शरीरमा रगत कम हुने समस्या भई रोगसँग लड्ने क्षमता घट्छ । भित्री कोमल अंगहरू जस्तै– कलेजो, मुटु, मिर्गौला, कमजोर हुन्छन् । क्यान्सर हुने र चर्मरोग लाग्ने सम्भावना बढेर जान्छ । बाँझोपन पनि हुन सक्छ । आँखा, कान कमजोर हुन सक्छ, सन्तान लुला, लंगडा एवम् अपाङ्ग पनि हुन सक्छन् ।
तसर्थ मानव स्वास्थ्यमा जोखिम निम्त्याउने यस्ता बजारू खाद्यपदार्थ खतरनाक हुन्छ ।
मानव स्वास्थ्यमा यस्तो गम्भीर खेलबाड गर्ने काम रोक्न एकातिर कडा नियम–कानुनका साथै नियामक निकायहरूको नियमित अनुगमनका निम्ति सरकार त तदारुक हुनु पर्छ नै, मुख्यतः उपभोक्ताहरूमा सचेतना जरुरी छ । जबसम्म उपभोक्ता सचेत हुँदैनन्, तबसम्म खाद्य विषाक्तता बढ्ने क्रम रोकिने छैन ।

—डा.प्रकाश बुढाथोकी

893 thoughts on “तिहारमा मिठाइको प्रयोग : स्वास्थ्यलाई पर्ने असर”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  2. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  3. Анонимная экосистема kraken даркнет функционирует с 2020 года без единого exit scam демонстрируя стабильность инфраструктуры и надежность технической реализации платформы.

  4. Site web 1xbet.cd – paris sportifs en ligne sur le football et autres sports. Propose des paris en direct et a l’avance, des cotes, des resultats et des tournois. Description detaillee du service, des fonctionnalites du compte et de son utilisation au Congo.

  5. Site web de pari foot rdc: paris sportifs, championnats de football, resultats des matchs et cotes. Informations detaillees sur la plateforme, les conditions d’utilisation, les fonctionnalites et les evenements sportifs disponibles.

Leave a Reply to Ankara Escort Rehberi Cancel reply

Your email address will not be published. Required fields are marked *