• Thu. Mar 13th, 2025

तिब्बतसँग जोड्ने सुरुङमार्गको डिजाइन तयार

Bysaptahiksamachar

२ चैत्र २०७७, सोमबार २०:२८ २ चैत्र २०७७, सोमबार २०:२८ २ चैत्र २०७७, सोमबार २०:२८

दोलखा जिल्लाको उत्तरी सीमा र चीनको नाका जोड्ने राजमार्ग (१२ किमी) निर्माण सुरु हुने भएको छ । लामाबगरबाट ९ किलोमिटर टाढा पर्ने लप्चीसम्म सुरुङमार्गको डिजाइनसमेत तयार भएको छ ।

सडक विभागले उत्तर–दक्षिण करिडोरअन्तर्गत दोलखाको लामाबगरदेखि बन्ने सुरुङमार्गको डिजाइन तयार गरेकोे हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सुरुङ मार्ग निर्माणका लागि यसै वर्षमा ठेक्का लाग्ने बताएका छन् । सुरुङमार्ग निर्माण गर्नका लागि बहुवर्षीय ठेक्का गर्न अर्थ मन्त्रालयसँग बजेटको सहमति पनि माग गरिएको छ ।
विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक विजय जैसीका अनुसार सुरुङमार्गको निर्माणपछि चीनसँग जोडिने छोटो सडकमार्ग बन्नेछ । जैसीका अनुसार आगामी दिनमा नाका खुलाउने योजना अनुसार चीनसँग जोड्ने निकै छोटो दूरीमा पर्ने उक्त नाका खुलाउन लागिएको छ ।

दोलखाबाट भारत र चीनसँग जोड्ने यो नै उत्तम नाका हुने मन्त्री गुरुङले बताउँदै आएका छन् । माथिल्लो तामाकोशीको मुखबाट सुरु हुने उक्त मार्ग निर्माणपछि चीनबाट आयात हुने सामान ढुवानी गर्न र दोलखामा उत्पादित तरकारी तथा अन्य बालीको निकासी गर्न सहज हुने स्थानीयवासीले बताए ।

उक्त मार्ग निर्माण गर्नका लागि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको हेडवक्र्समाथिको भागमा करिब एक किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ । सो सुरुङसँगै थप ९ किमी सडक निर्माण भएछि मात्रै चीनसँग नाका जोडिने छ । उक्त मार्गलाई चीन र भारतसँग जोड्ने नेपालकै छोटो दूरीको सडक बन्ने बताइएको छ ।

साभार : Onlinekhabar

31 thoughts on “तिब्बतसँग जोड्ने सुरुङमार्गको डिजाइन तयार”
  1. Эта статья предлагает живое освещение актуальной темы с множеством интересных фактов. Мы рассмотрим ключевые моменты, которые делают данную тему важной и актуальной. Подготовьтесь к насыщенному путешествию по неизвестным аспектам и узнайте больше о значимых событиях.
    Получить дополнительные сведения – https://kapelnica-ot-zapoya-krasnoyarsk55.ru/

  2. В обзорной статье вы найдете собрание важных фактов и аналитики по самым разнообразным темам. Мы рассматриваем как современные исследования, так и исторические контексты, чтобы вы могли получить полное представление о предмете. Погрузитесь в мир знаний и сделайте шаг к пониманию!
    Изучить вопрос глубже – https://kapelnica-ot-zapoya-krasnoyarsk55.ru/

Leave a Reply to vivod iz zapoya v stacionare_nxEl Cancel reply

Your email address will not be published. Required fields are marked *