• Mon. Feb 16th, 2026

झापा ३ का नेकपा.का उमेद्वार हिक्मतद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

BySaptahik Samachar

४ फाल्गुन २०८२, सोमबार ०३:०४ ४ फाल्गुन २०८२, सोमबार ०३:०४ ४ फाल्गुन २०८२, सोमबार ०३:०४

भद्रपुर ३, फागुन / नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट झापाको क्षेत्र नं. ३ मा उम्मेदवार बन्नुभएका डिल्लीराम घिमिरे ‘ हिक्मत ‘ले आज आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ।

स्थानीय होटल डेग्लोमा पार्टीको क्षेत्रीय समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा घिमिरेले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो । फागुन २१ गते हुने निर्वाचनका लागि भ्रष्टाचार नियन्त्रण, सुशासनसहित विकास निर्माणका विभिन्न योजनासहित उहाँले आफ्नो नेता कार्यकर्ताहरूको उपस्थितिमा पत्रकारलाई साक्षी राखेर विभिन्न २६ बुँदे पार्टीको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै आफ्नो उम्मेदवारी किन भन्ने सम्बन्धमा प्रस्ट्याउनुभएको थियो।
  उहाँले लिखित प्रतिबद्धता पत्र वाचन गरेको त्यस अवसरमा पार्टीका केन्द्रीय सदस्य पुष्पराज पोखरेल र
नेता मोहन टुडुले पनि नेपाली कम्युनिस्ट पार्टी नेकपाले गुम्न लागेको लोकतान्त्रिक गणतन्त्रलाई पुन स्थापित गर्न तारा चिन्हमा मतदान गर्नुको विकल्प नरहेको उल्लेख गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन तथा सहजीकरण पार्टीका केन्द्रीय सदस्य देवेन्द्रकिशोर ढुङ्गानाले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *