• Thu. Oct 2nd, 2025

जेष्ठ नागरिक दिवस:सम्मान कार्यक्रम सहित मनाइयो-भद्रपुरमा

BySaptahik Samachar

३० पुष २०७९, शनिबार १९:११ ३० पुष २०७९, शनिबार १९:११ ३० पुष २०७९, शनिबार १९:११

भद्रपुर /जेष्ठ नागरिक संघ भद्रपुरले दोस्रो राष्ट्रिय जेष्ठ नागरिक दिवस नगरका विभिन्न विधामा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै मनाएको छ।
संघका नगर अध्यक्ष हेमप्रसाद खनालको सभापतित्व र जेष्ठ नागरिक जिल्ला संघ झापाका अध्यक्ष ईश्वरीप्रसाद तिम्सिनाको प्रमुख आतिथ्यमा पुस ३० गते शनिबार भएको कार्यक्रममा शिक्षा, सञ्चार र समाजसेवा लगायत समाजका अन्य विविध विधामा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरिएको थियो। त्यसरी सम्मानित हुनेहरूमा गोविन्दचन्द्र क्षेत्री, भक्त खवास, घनेन्द्र शर्मा, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, भद्रपुर नगरपालिकाका प्रमुख लेखा अधिकृत सुभाष भट्टराई, सामाजिक शाखा प्रमुख जीवनकला राउत र सञ्जु कोइराला लगायत हुनुहुन्थ्यो।
जेष्ठ नागरिक संघका सचिव शंकर गौतमले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि तिम्सिना, उपप्रमुख राधा कार्की, बिशिष्ट अतिथि सूर्यनारायण गणेश, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी र घनेन्द्र शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा नगर संघका प्रथम उपाध्यक्ष परमानन्द मिश्रले स्वागत मन्तव्य र द्वितीय उपाध्यक्ष धनप्रसाद शिवाकोटीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो।

14 thoughts on “जेष्ठ नागरिक दिवस:सम्मान कार्यक्रम सहित मनाइयो-भद्रपुरमा”

Leave a Reply to what do the odds pay in craps Cancel reply

Your email address will not be published. Required fields are marked *