• Fri. Oct 3rd, 2025

जनप्रतिनिधिले राजीनामा दिएर मात्रै चुनावमा उम्मेदवार हुन पाउने

BySaptahik Samachar

६ बैशाख २०७९, मंगलवार १८:५४ ६ बैशाख २०७९, मंगलवार १८:५४ ६ बैशाख २०७९, मंगलवार १८:५४

काठमाडौँ ६, वैशाख / आउँदो स्थानीय निर्वाचनमा जनप्रतिनिधिले राजीनामा दिएपछि मात्रै चुनाव लड्न पाउने भएका छन्।
जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने निर्वाचन आचारसंहिता विरुद्धको रिट सर्वोच्चले खारेज गरिदिए पछि स्थानीय निर्वाचनमा जनप्रतिनिधिले राजीनामा दिएर मात्रै चुनाव लड्न पाउने भएका हुन्। निर्वाचन आयोगले आचारसंहितामार्फत गरेको राजीनामा दिनुपर्ने प्रवाधान तत्काल कार्यान्वयन नगर्नु भनी सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेश मंगलबार खारेज भएको छ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले न्यायाधीशहरु तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा दायर गरेको रिट निवेदन खारेज हुने निर्णय गरेको सर्वोच्च अदालत स्रोतले जनाएको छ।

यस्तै २०७४ सालको स्थानीय तह निर्वाचन तीन पटकमा सकिए पनि २०७९ जेठ ५ गतेबाट उम्मेदवार नहुने प्रतिनिधिको समेत म्याद समाप्त हुने निर्वाचन आयोगले जनाएको छ।

116 thoughts on “जनप्रतिनिधिले राजीनामा दिएर मात्रै चुनावमा उम्मेदवार हुन पाउने”
  1. I personally find that i’ve been active for almost a year, mostly for using the API, and it’s always fast transactions. Perfect for both new and experienced traders.

Leave a Reply to akkaunty-na-prodazhu.pro_encarie Cancel reply

Your email address will not be published. Required fields are marked *