काठमाडौं । नेपाल–चीन व्यापारीक नाका रसुवागढी आजबाट सञ्चालनमा आएको छ । ल्होसारका कारण माघ २९ गतेदेखि बन्द नाका आजबाट खुलेको हो ।
भन्सार प्रशासन खुल्लै रहे पनि कामदार छुट्टीमा गएपछि माघ २९ देखि नाकाको व्यापार हुन सकेको थिएन ।
नेपाल र चीनबीच स्थलमार्ग भएर व्यापार हुने रसुवागढी र तातोपानी नाकाबाट कोरोनाका कारण कोटा प्रणालीमा माल वस्तु आयात हुँदै आएको छ ।
साभार:बाह्रखरी