• Sun. Sep 28th, 2025

एनपीएल ट्रफी नेपाल टुरमा,२२ गते भद्रपुरमा

BySaptahik Samachar

१७ भाद्र २०८२, मंगलवार २२:३३ १७ भाद्र २०८२, मंगलवार २२:३३ १७ भाद्र २०८२, मंगलवार २२:३३

भद्रपुर १८, भदौ / नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको ट्रफीलाई पूर्वको प्रसिद्ध धार्मिक स्थल पाथिभरा मन्दिरको दर्शन गराएर देशयात्रामा निकालिने भएको छ। एनपीएल सिजन-२ को ट्रफी टुर कार्यक्रम अन्तर्गत भदौ २२ गते विराटनगरबाट ताप्लेजुङ स्थित धार्मिक स्थल पाथिभरा मन्दिरमा ट्रफी पुर्‍याइनेछ।
ट्रफी टुर कार्यक्रम अन्तर्गत सो दिन विहान ७ बजे हेलिकप्टरबाट पाथिभरा मन्दिर पुर्‍याई त्यहाँ विशेष पूजा समारोहपछि सोही दिन दिउँसो १०.३० बजे मेची बहुमुखी क्याम्पसको परिसरमा रहेको एमसीजी क्रिकेट मैदानमा हेलिकप्टर  अवतरण गरिनेछ।
भद्रपुर क्रिकेट क्लबका संरक्षक तथा भद्रपुर नगरपालिका ८ नम्बर वडाका वडा अध्यक्ष गौरव सुब्बा मनोजका अनुसार, मेची क्याम्पस क्रिकेट मैदानमा विशेष कार्यक्रमको आयोजना गरिनेछ । साथै, सोही दिन काकरभिट्टा स्थित मेची पुलमा ट्रफीको फोटो सेसन र हनुमान मन्दिरसम्म सानो र्याली पश्चात साँझ ४:३० बजेदेखि बिर्तामोडलाई ट्रफीको प्रस्थानबिन्दु बनाई दमकसम्म लगिनेछ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एवंरितले ट्रफीलाई देशदर्शन गराइने कार्यक्रम रहेको एनपीएलको फ्रेन्चाइज टिम विराटनगर किङ्सले जनाएको छ।

यस वर्षको एनपिएल आगामी नोभेम्बर १७ देखि डिसेम्बर १३ (मंसिर १ गतेदेखि २७ )सम्म हुन लागेको हो । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार यो संस्करणको लागि आठ वटा फ्रेन्चाइज टिमलाई आन्तरिक तयारी सुरु गर्न भनिएको छ । 

7 thoughts on “एनपीएल ट्रफी नेपाल टुरमा,२२ गते भद्रपुरमा”
  1. Hi this is kinda of off topic but I was wanting to know if blogs use WYSIWYG editors or if you have to manually code with HTML. I’m starting a blog soon but have no coding experience so I wanted to get guidance from someone with experience. Any help would be enormously appreciated!

Leave a Reply

Your email address will not be published. Required fields are marked *