• Sun. Sep 8th, 2024

आर्मीको जित

Bysaptahiksamachar

२४ फाल्गुन २०७७, सोमबार १६:२२ २४ फाल्गुन २०७७, सोमबार १६:२२ २४ फाल्गुन २०७७, सोमबार १६:२२

काठमाडौं । मेयर कप क्रिकेटअन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ ।
 
सोमबार भएको खेलमा आर्मीले काठमाडौं मेयर-११ माथि ५ विकेटको जित निकालेको हो । र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १५६ रनको लक्ष्य आर्मीले २३ ओभर ५ बलमा ५ विकेट गुमाउँदै १५६ रन बनायो ।

आर्मीका लागि सोमपाल कामीले ८० रनको अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ९ चौका र ६ छक्कासहित ८० रन बनाए । आर्मीका लागि विनोद भण्डारीले २० रन बनाए । त्यस्तै कुशल मल्लले २३ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं मेयर-११ ले ४२ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै १५५ रन बनाएको थियो ।

काठमाडौं मेयर-११ का लागि सन्दीप रजाइलीले ३७ रनको योगदान गरे । त्यस्तै सौरभ खनालले ४२ रन बनाउँदा सन्दीप लामिछानेले १३ रन बनाए । 

बलिङतर्फ आर्मीका लागि साहव आलमले सर्वाधिक ४ विकेट लिए । त्यस्तै जितेन्द्र मुखियाले तीन विकेट लिए । त्यस्तै सोमपाल कामी, विक्रम सोब र कुशल मल्लले समान एक-एक विकेट लिए ।

baahrakhari.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *