• Tue. Jun 24th, 2025

आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न

BySaptahik Samachar

१९ जेष्ठ २०८२, आईतवार २१:०५ १९ जेष्ठ २०८२, आईतवार २१:०५ १९ जेष्ठ २०८२, आईतवार २१:०५

भद्रपुर १८ ,जेठ / नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले भद्रपुर नगर पालिकाको ७ नम्बर वडा कार्यालयसँगको सहकार्यमा सञ्चालन गरेको आधारभूत प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण समापन गरेको छ।
७ नम्बर वडा कार्यालयको सभाहलमा जेठ १६ गतेबाट सञ्चालित ३ दिने प्रशिक्षण आज आइतबार सम्पन्न भएको हो।

भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र ७ नम्बर वडाका वडाअध्यक्ष अभिषेक ढुङ्गानाको सभापतित्वमा भएको समापन कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख पोखरेल र वडा अध्यक्ष ढुङ्गाना लगायतले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्रहरू वितरण गर्नुभएको थियो।प्रशिक्षार्थीमध्ये उत्कृष्ट घोषित हुनु भएकी बबिता राईलाई उपहार प्रदान गरिएको थियो ।

समापनका अवसरमा प्रमुख अतिथि नगरप्रमुख पोखरेल, वडाअध्यक्ष ढुङ्गाना र भद्रपुर रेडक्रसका सभापति केदार महतले मन्तव्य राख्नु भएको थियो। त्यस अवसरमा प्रशिक्षार्थीद्वय प्रकाश सुवेदी र बबिता राईले तालिम फलदायी भएको उल्लेख गर्नुभयो। ७ नम्बर वडा अन्तर्गतका टोल विकास संस्था र सामाजिक संघ संस्थाका प्रतिनिधिसहित २४  जना सम्मिलित प्रशिक्षणमा रेडक्रसकर्मीहरू कृष्ण मैनाली,विश्व थापा, डिल्लीराम भण्डारी,हरिशरण खड्का र केदार महत र प्रकाश कार्कीले सहजीकरण गर्नु भएको थियो।

12 thoughts on “आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न”
  1. Somebody essentially lend a hand to make significantly posts I might state That is the very first time I frequented your web page and up to now I surprised with the research you made to create this particular put up amazing Excellent job

  2. Thanks for your entire effort on this website. Betty really likes doing research and it’s really simple to grasp why. A number of us notice all regarding the powerful form you produce powerful information by means of this website and as well as foster response from people on that situation then our favorite princess is really understanding a whole lot. Enjoy the rest of the new year. You are always conducting a very good job.

Leave a Reply to Lupita Frisco Cancel reply

Your email address will not be published. Required fields are marked *