• Sat. Jul 27th, 2024

४ नम्बर वडाले जित्यो भद्रपुरमा जारी बीच भलिबल प्रतियोगिताको उपाधि

BySaptahik Samachar

१५ माघ २०७९, आईतवार २०:१० १५ माघ २०७९, आईतवार २०:१० १५ माघ २०७९, आईतवार २०:१०

भद्रपुर / भद्रपुरमा सञ्चालित वीच भलिबल (बालुवामा खेलिने खेल) प्रतियोगिताको उपाधि वडा नम्बर ४ ले उचालेको छ। मेची रिभर साइड अन्तर वडा स्तरीय भद्रपुरको तेस्रो संस्करणको वीच भलिबल प्रतियोगिता – २०७९ को आइतबार भएको भिडन्तमा वडा नम्बर ६ लाई पराजित गर्दै ४ नम्बर वडाले उपाधि उचालेको हो।
भद्रपुर नगरपालिकाको ५ नम्बर वडा कार्यालयको सहयोग र भद्रपुर युवा परिवार ५ न.वडा समितिको आयोजनामा भएको प्रतियोगितामा भद्रपुर नगरपालिकाका १० वटै वडाको सहभागिता रहेको थियो।

माघ १३ गते उद्घाटन र क्वाटर फाइनलसम्मका खेल भएकोमा आइतबार आज सेमिफाइनल र फाइनल खेल सम्पन्न भएको ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले जानकारी दिनुभयो।
प्रतियोगिताको आज भएको पहिलो सेमिफाइनलमा वडा नं.३ लाई पराजित गर्दै वडा नम्बर ४ ले फाइनल यात्रा तय गरेको थियो भने आजै भएको दोस्रो सेमिफाइनलमा ५ नम्वर वडालाई हराउँदै ६ नम्बर वडाले वडा नम्बर ४ संगको भिडन्त पक्का गरेको थियो।
यी दुई वडाबीच आजै भएको उपाधि भिडन्तमा ४ नम्बर वडा बिजेता बन्दै नगद रू.३१ हजार, कप र प्रमाण पत्र प्राप्त गर्यो भने उपविजेता बन्दै ६ नम्बर वडाले नगद रू.२१ हजारमा चित्त बुझायो।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल लगायतले बिजेता, उपविजेतालाई पुरस्कार – प्रमाण पत्र वितरण गर्नुका साथै प्रतियोगिता सम्पन्न गर्न सहजीकरण गर्ने सहयोगी र सञ्चारकर्मीहरूलाई समेत सो अवसरमा सम्मान गरिएको जनाइएको छ ।
भद्रपुर युवा परिवारका अध्यक्ष बिर्जु साहनीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कृति राईले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *