• Sat. Jul 27th, 2024

हल्दिबारी गाउँपालिकाद्वारा १० हजार लिटर खानेपानी निःशुल्क

BySaptahik Samachar

१० भाद्र २०७९, शुक्रबार ०८:०५ १० भाद्र २०७९, शुक्रबार ०८:०५ १० भाद्र २०७९, शुक्रबार ०८:०५

. भद्रपुर १०,भदौ /” हाम्रो लगानी, घरघरमा स्वच्छ खानेपानी ” भन्ने नारालाई हल्दिवारी गाउँपालिकाले असोज १ गतेबाट लागु गर्ने भएको छ। हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको अध्यक्षतामा भदौ ०९ गते बसेको कार्यपालिका बैठकले १० हजार लिटरसम्म खानेपानी सबै जनताको लागि निःशुल्क दिने निर्णय गरेको छ।
आ व २०७९/८० को नीति तथा कार्यक्रममा व्यवस्था गरिएको “हाम्रो लगानी, घरघरमा स्वच्छ खानेपानी ” नारा स्वीकृत भई खानेपानीको धारा जडान गरिएका सबै घरमा न्यूनतम १० हजार लिटरसम्म प्रयोग गरेबापत लाग्ने शुल्क गाउँपालिका भित्र सञ्चालन रहेका खानेपानी उपभोक्ता समितिहरूलाई मासिक रुपमा खानेपानी संरचना निर्माण तथा सुधार कार्यक्रम शिर्षकबाट भुक्तानी दिने निर्णय भएको गाउँपालिकाका प्रवक्ता  देवीबहादुर थापाले जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *