• Sat. Jul 27th, 2024

हल्दिबारी-३ को मन्दिरलाई सन्जेलद्वारा तीन लाख सहयोग

BySaptahik Samachar

२५ माघ २०८०, बिहीबार १५:४४ २५ माघ २०८०, बिहीबार १५:४४ २५ माघ २०८०, बिहीबार १५:४४

भद्रपुर,२५ माघ / झापा हल्दिबारी गाउँपालिका वडा नं ३ देउनिया नदी किनारमा रहेको शुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिरलाई संविधान सभा सदस्य केदारप्रसाद सन्जेल र उहाँको परिवारले ३ लाख रूपैयाँ सहयोग पुर्‍याएका छन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बोहोरालाई आज एक संक्षिप्त समारोहमा सञ्जेलले ३ लाख रूपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ ।
मन्दिरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न लागिएकोले त्यसैलाई सहयोग पुगोस् भनेर आफूले सहयोग गरेको चेक हस्तान्तरण पछि उहाँले बताउनुभयो ।सन्जेलका दाई थिरनाथ सन्जेल (पारस)को वि.सं.२०४३ सालमा हाल मन्दिर रहेको स्थल नजिकै आकस्मिक निधन भएकाे थियो। परिवारका सदस्यको देहान्त भएको स्मृतिमा सहयोग गरेको र आगामी दिनमा पनि थप सहयोग पुर्‍याउने इच्छा रहेको उहाँले जानकारी गराउनुभयो।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बोहोरा, उपाध्यक्ष लालबहादुर कन्दङ्वा, सचिव तारा बोहोरा लगायत समितिका पदाधिकारीहरुको उपस्थिति रहेको कार्यक्रममा मन्दिरका पुजारीलाई मासिक रूपमा दिइने पारिश्रमिक र अखण्ड बत्तीका लागि पनि सहयोग गर्ने उहाँबाट प्रतिवद्धता आएको अध्यक्ष वोहोराले बताउनुभयो ।
यो धार्मिक क्षेत्रमा शिवालय, दुर्गा मन्दिर, नाग मन्दिर, किरात माङहिम रहेका छन् भने बौद्ध गुम्बा पनि निर्माण भइरहेको छ। समुदायको सहयोग र प्रयत्नबाट यो मन्दिर क्षेत्रलाई हल्दिबारीको धार्मिक तथा पर्यटकीय गन्तब्य बनाउने प्रयास जारी रहेको व्यवस्थापन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *