• Sat. Jul 27th, 2024

रोटरीद्वारा पूर्वी सीमा भद्रपुरमा स्वागत बोर्ड स्थापना

BySaptahik Samachar

९ भाद्र २०७९, बिहीबार ०९:१८ ९ भाद्र २०७९, बिहीबार ०९:१८ ९ भाद्र २०७९, बिहीबार ०९:१८

. भद्रपुर । रोटरी क्लव अफ भद्रपुरले भद्रपुर ५ स्थित मेची खोलाको पुल छेउमा स्वागत बोर्ड स्थापना गरेको छ ।

सिमा नाका भारतवाट नेपाल प्रवेश गर्ने नागरिकलाई स्वागत गर्ने उद्देश्यले सो बोर्डको स्थापना गरिएको क्लवका पब्लिक इमेज कोअडिनेटर नितेश वर्माले वताउनुभयो ।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र रोटरी क्लब अफ भद्रपुरका प्रेसिडेन्ट ईश्वर अधिकारीको अध्यक्षतामा भएको संक्षिप्त कार्यक्रममा राज्यले गर्नुपर्ने काम क्लवले गरेकोमा नगर प्रमुख पोखरेलले क्लवलाई धन्यवाद दिदै अन्य सामाजिक कार्यमा समेत नगरले क्लवसंग हातेमालो गर्ने प्रतिवद्धता जनाउनुभयो ।

भरखरै मात्र मेची पुलमा सडक वत्ति जडान गरी सिमा नाकालाइ उज्यालोे पार्ने कार्य वडाले गरेको र क्लवले स्वागत बोर्ड स्थापना गरी थप सुन्दरता प्रदान गरेकोप्रति वडा अध्यक्ष वन्धु कार्कीले खुसी व्यक्त गर्नुभयो।

. लगभग ४० हजारको लागतमा सो स्वागत बोर्ड निर्माण भएको क्लवका प्रेसिडेन्ट नोमिनी विनोद चापागाईंले जानकारी दिनु भयो।

कार्यक्रममा नगर प्रमुख पोखरेल, ५ नम्वर वडा अध्यक्ष बन्धु कार्की, वडा प्रहरी प्रमुख सन्तोषकुमार बुढाथोकी,सशस्त्र प्रहरी निरीक्षक रामकुमार घिमिरे, रोटरी क्लब भद्रपुरका सेक्रेटरी पवन श्रेष्ठ, आइ.पि.पि. बिगत ओझा, नितेश वर्मा, बिनोद चापागाईं, सुरेश मित्तल, प्रदिप सरावगी लगायत स्थानीयको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *