• Sat. Jul 27th, 2024

स्वर्गद्वारीको १० औं साधारण सभा सम्पन्न, सञ्चालक समिति निर्विरोध निर्वाचित

BySaptahik Samachar

२८ पुष २०८०, शनिबार १७:२९ २८ पुष २०८०, शनिबार १७:२९ २८ पुष २०८०, शनिबार १७:२९

अध्यक्षमा गोपालवहादुर थापा पुनः निर्वाचित

भद्रपुर,२८ पुस / झापा,भद्रपुर-८ मा रहेको स्वर्गद्वारी कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा गोपालवहादुर थापा पुनः निर्वाचित हुनुभएको छ। सहकारीको आज शनिबार भद्रपुर-१० को वडा कार्यालयमा सम्पन्न १० औं साधारण सभाले अध्यक्ष थापा सहित ११ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति निर्विरोध निर्वाचित भएका हुन्।

चार वर्षका लागि गठित सञ्चालक समितिको अध्यक्ष,उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहित केही सदस्य दोहोरिएका छन्। जसअनुसार उपाध्यक्षमा सुरेन्द्र खत्री, सचिव गुणबहादुर अधिकारी,कोषाध्यक्ष त्रिलोक भण्डारी अघिल्लो कार्यसमितिमा हुनुहुन्थ्यो भने सहसचिवमा भीष्म भट्टराई निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक देवीप्रसाद दाहालले जानकारी दिनुभयो।

त्यसैगरी सदस्यहरूमा, पद्मामाया खड्का, सीता कार्की, निर्मला खत्री, रूद्रप्रसाद दाहाल, मुरारी पोखरेल र दधिराम मैनाली रहनुभएको छ। साधारण सभाले लेखा समितिको संयोजकमा हरिप्रसाद गौतम र सदस्यमा तेजबहादुर श्रेष्ठ र छविलाल सुवेदीलाई निर्विरोध निर्वाचित गरेको छ।
साधारण सभाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरपालिकाका ८ न.वडा अध्यक्ष गौरव सुब्बा-मनोज, १० नम्बर वडा अध्यक्ष टेकबहादुर खड्का काजी, प्रकाश एकता कृषि सहकारी संस्थाका अध्यक्ष गोपालप्रसाद श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति गोपाल गिरीले शुभकामना मन्तव्य राख्नुभएको थियो।

अध्यक्ष थापाको सभापतित्वमा भएको साधारण सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उहाँले प्रतिकूल परिस्थितिका वीच पनि आर्थिक वर्ष २०७९/०८० मा ६ लाख ५८ हजार ५ सय ५३ रूपैयाँ मुनाफा योग्य नाफा गर्न सफल भएको जनाउनु भयो। संस्थामा ८ सय ६७ जना सदस्य छन्। साधारण सभामा उत्कृष्ट बचतकर्ता दुर्गादेवी दाहाल, दिलकुमारी राई र प्रदिप राजवंशी तथा उत्कृष्ट ऋणी सदस्य विष्णुमाया कार्की र कल्पना राईलाई सम्मान गरिएको थियो।

सहकारीका उपाध्यक्ष सुरेन्द्र खत्रीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सदस्य रूद्रप्रसाद दाहालले गर्नुभएको थियो।

11 thoughts on “स्वर्गद्वारीको १० औं साधारण सभा सम्पन्न, सञ्चालक समिति निर्विरोध निर्वाचित”
  1. I urge you to avoid this platform. My own encounter with it was nothing but frustration as well as doubts about deceptive behavior. Exercise extreme caution, or alternatively, seek out a trustworthy platform to meet your needs.

  2. I highly advise steer clear of this platform. My personal experience with it was purely dismay along with suspicion of scamming practices. Proceed with extreme caution, or even better, look for a more reputable site to meet your needs.

  3. I strongly recommend steer clear of this site. My own encounter with it was purely dismay and doubts about scamming practices. Proceed with extreme caution, or even better, look for an honest site for your needs.

  4. I urge you stay away from this platform. My own encounter with it has been purely dismay as well as suspicion of deceptive behavior. Be extremely cautious, or even better, look for a trustworthy platform to fulfill your requirements.

Leave a Reply

Your email address will not be published. Required fields are marked *