• Sun. Jun 23rd, 2024

स्वप्नादेवी सहकारीको साधारणसभा सम्पन्न / अध्यक्षमा घिमिरे पुनः निर्वाचित

BySaptahik Samachar

७ पुष २०८०, शनिबार २०:१४ ७ पुष २०८०, शनिबार २०:१४ ७ पुष २०८०, शनिबार २०:१४

भद्रपुर ७,पुस / झापा भद्रपुर – ७ मा रहेको स्वप्नादेवी बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा माधव घिमिरे पुनः निर्वाचित हुनुभएको छ। शनिबार सोही वडाको स्थानीय एक मन्दिरमा भएको आठौं साधारण सभाले ११ सदस्यीय कार्यसमिति र तीन सदस्यीय लेखा समिति सर्वसम्मत निर्वाचित गरेको हो।
निर्वाचन समितिका सदस्य वीरेन्द्र बस्नेतका अनुसार, कार्यसमितिको उपाध्यक्षमा महेन्द्रकुमार पोखरेल, सचिवमा रमेश कोइराला,सहसचिवमा बसन्तकुमार ढकाल र कोषाध्यक्षमा अच्यूतानन्द पोखरेल हुनुहुन्छ।
चार वर्षे कार्यकालका लागि गठित समितिको सदस्यहरूमा रेमनाथ चुडाल, पौरप्रसाद खतिवडा, माधव पोखरेल,गीता कुमारी पोखरेल, होमा पोखरेल र निरूता घिमिरे पोखरेल रहनुभएको छ। त्यसैगरी लेखा समितिको संयोजकमा कृष्णप्रसाद आचार्य तथा सदस्यहरूमा शंकर गौतम र दिपेन्द्र घिमिरेलाई साधारण सभाले चयन गरेको छ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र सहकारीका अध्यक्ष माधव घिमिरेको सभापतित्वमा भएको उद्घाटन सत्रमा उत्कृष्ट बचतकर्ता बालकुमार राई, उत्कृष्ट कारोबारी गीता पुडासैनी तथा जेष्ठ शेयर सदस्य शंकर गौतम र राधाकुमारी पोखरेललाई सम्मान गरिएको थियो।

साधारण सभामा प्रमुख अतिथि पोखरेल सहित कार्यपालिका सदस्य सीता गुरागाईं र मेची क्याम्पसका प्रमुख जीवन पोखरेलले शुभकामना मन्तव्य राख्नुभएको थियो भने सहकारीकर्मी बशिष्ठ अधिकारीले सहकारीको बारेमा शिक्षा प्रदान गर्नुभएको थियो। अध्यक्ष घिमिरेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको सो साधारण सभाको सञ्चालन केदार पोखरेलले गर्नुभएको थियो।

422 thoughts on “स्वप्नादेवी सहकारीको साधारणसभा सम्पन्न / अध्यक्षमा घिमिरे पुनः निर्वाचित”