• Sat. Jul 27th, 2024

सेन्ट कुजुर एकाडेमीमा युवा रेडक्रस सर्कल गठन

BySaptahik Samachar

१० असार २०७९, शुक्रबार १८:३८ १० असार २०७९, शुक्रबार १८:३८ १० असार २०७९, शुक्रबार १८:३८

भद्रपुर १०,असार / मानवीय सेवाको आधारभूत क्षेत्र बिद्यालय तहमा रेडक्रस गतिविधि अघि बढाउँदै नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले भद्रपुर – १० को सेन्ट कुजुर एकेडमीमा युवा रेडक्रस सर्कल गठन गरेको छ।
भद्रपुर उपशाखाका सभापति गोपाल गिरीको प्रमुख आतिथ्यमा शुक्रबार निकिता राजवंशीको अध्यक्षतामा ११ सदस्यीय बिद्यालयस्तरीय युवा रेडक्रस सर्कल गठन गरिएको हो।
सर्कलको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, उपसचिव र उपकोषाध्यक्षमा क्रमशः समीक्षा किस्कु, बिनिता कटुवाल,आस्मा नेपाल,अश्विन अधिकारी र कन्चन भुजेल रहेका छन्। त्यसैगरी, सदस्यहरूमा विनय अधिकारी,रचेल टुडु,रोशनी बुढाथोकी, सुविना शाक्य र प्रितिका बास्के छन् भने प्रिन्सिपल संरक्षक ईश्वरी उराऊले शिक्षक नायकमा शिक्षक राजु बराल र सहशिक्षक नायकमा राधिका कोइरालालाई चयन गरेको जानकारी दिनुभयो।
बिद्यालय बाल क्लवका अध्यक्ष सुवास गौतमको सभापतित्वमा भएको बिद्यार्थी भेलामा प्रमुख अतिथि गिरीले युवा रेडक्रसका बारेमा, शिक्षक नायक बरालले कार्यक्रमको औचित्य र शिक्षक पार्वती उप्रेतीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन बिद्यार्थी ममता कार्कीले गर्नुभएको थियो।

2 thoughts on “सेन्ट कुजुर एकाडेमीमा युवा रेडक्रस सर्कल गठन”
  1. Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

Leave a Reply

Your email address will not be published. Required fields are marked *