• Sat. Jul 27th, 2024

सुरेश्वर स्वर्गद्वारीमा लगाइएको मार्केण्डय महा पुराणको आय व्यय सार्वजनिक

BySaptahik Samachar

१७ चैत्र २०८०, शनिबार २०:४५ १७ चैत्र २०८०, शनिबार २०:४५ १७ चैत्र २०८०, शनिबार २०:४५

पुराणबाट २ लाख ३७ हजार ६ सय १९ रूपैयाँ आय

भद्रपुर १७,चैत / झापा, हल्दिबारी-३ जलथलस्थित सुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिरमा लगाइएको धार्मिक अनुष्ठानको आय व्यय सार्वजनिक गरिएको छ। सो मन्दिरमा २०८० साल फागुन १८ गतेबाट फागुन २६ गतेसम्म श्रीमद् मार्कण्डेय महापुराण ज्ञान महायज्ञ लगाइएको थियो।
मन्दिरमा लगाइएको पुराणबाट २ लाख ३७ हजार ६ सय १९ रूपैयाँ आय भएको पुराण आयोजक समितिका संयोजक गोविन्द बोहोराले जानकारी दिनुभयो। उहाँका अनुसार पुराणबाट ५ लाख ९४ हजार ४०४ रूपैयाँ संकलन भएको थियो भने ३ लाख ५६ हजार ७ ८५ खर्च भएको थियो।

आय व्यय सार्वजनिक समारोहमा प्रमुख अतिथि रणकाली वन समूहका अध्यक्ष धनबहादुर साँवा,विनोद भण्डारी, गणेश गिरी, लालवहादुर कन्दङवा र डिल्लीराम उप्रेतीले मन्तव्य राख्नुभएको थियो भने पुराण आयोजक समितिका अध्यक्ष गोविन्द बोहोराको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष शालिग्राम कार्कीले र सञ्चालन सचिव तारावहादुर वोहोराले गर्नुभएको थियो।

9 thoughts on “सुरेश्वर स्वर्गद्वारीमा लगाइएको मार्केण्डय महा पुराणको आय व्यय सार्वजनिक”

Leave a Reply

Your email address will not be published. Required fields are marked *