• Sat. Jul 27th, 2024

सुपारीको आयात खुला

BySaptahik Samachar

२७ भाद्र २०७९, सोमबार २०:३७ २७ भाद्र २०७९, सोमबार २०:३७ २७ भाद्र २०७९, सोमबार २०:३७

भद्रपुर ,२७ भदौ । सरकारले अघिल्लो आर्थिक वर्षबाटै आयातमा रोक लगाएको केराउ, सुपारी र कालो मरिचको आयात औद्योगिक प्रयोजनको कच्चा पदार्थका रुपमा ल्याउन सकिने गरी खुला गरेको छ ।
२१ भदौमा प्रकाशित राजपत्रको सूचना सोमबार सार्वजनिक भएको छ ।
सूचना अनुसार उत्पादनमुलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि २०७८ को प्रक्रिया पूरा गरी यी वस्तु आयात गर्न सकिने भएको छ ।
नेपालमा तेस्रो मुलुकबाट उक्त वस्तुहरु आयात गरी भारततर्फ तस्करी हुने गरेको पाइएपछि सरकारले २४ चैत २०७८ मा राजपत्रमा सूचना प्रकाशित गरी आयात रोकेको थियो । (अनलाइन खबर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *