• Sat. Mar 2nd, 2024

सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण

BySaptahik Samachar

२२ पुष २०८०, आईतवार १४:४० २२ पुष २०८०, आईतवार १४:४० २२ पुष २०८०, आईतवार १४:४०

भद्रपुर २२,पुस / झापा भद्रपुरको वडा नम्बर ७ मा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको छ। वडाध्यक्ष अभिषेक ढुङ्गानाको अध्यक्षता र नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा वडाका १ सय ५९ जनालाई निस्सा वितरण गरिएको हो।
सो वडाका २१ जना भूमिहीन दलित ,८७ जना भूमिहीन सुकुम्बासी र ५१ जना अव्यवस्थित वसोबासीसमेत जम्मा १५९ जनालाई निस्सा वितरण गरिएको वडाध्यक्ष ढुङ्गानाले जानकारी दिनुभयो।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेल र भूमि आयोगका झापा अध्यक्ष तिलक पाण्डेले मन्तव्य राख्दै सार्वजनिक जग्गा र जोखिमयुक्त जग्गा वाहेकमा बसोबास गर्ने जग्गाविहीन नागरिकलाई प्रक्रिया पुर्‍याएर जग्गा व्यवस्था गर्ने सरकारको नीति रहेको बताउनुभयो।
स्वागत सहित निस्सा वितरण कार्यक्रमको बारेमा कार्य पालिका सदस्य सीता ढकाल गुरागाईंले प्रकाश पारेको कार्यक्रमको सन्चालन वडा सचिव शुशील कर्णले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *