• Sat. Jul 27th, 2024

सिर्जनशीलको तीज समारोहमा दुई आमालाई सम्मान

BySaptahik Samachar

१० भाद्र २०७९, शुक्रबार ११:११ १० भाद्र २०७९, शुक्रबार ११:११ १० भाद्र २०७९, शुक्रबार ११:११

भद्रपुर १०,भदौ / सिर्जनशील सेवा समिति भद्रपुर – ७ झापाले दुई आमाहरूलाई सम्मान गर्दै तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ। सेवा समितिकी अध्यक्ष गोमा घिमिरेको निजी निवास भद्रपुर-७ मा विहीबार आयोजना गरिएको दर खाने कार्यक्रम सहितको मनोरञ्जनपूर्ण तीज मिलन समारोहमा तोयाकुमारी पोखरेल र डोन्फु राजवंशीलाई सम्मान गरिएको थियो।
भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको विशिष्ट आतिथ्य र सेवा समितिकी अध्यक्ष गोमा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कार्की सहित पूर्व वडाध्यक्ष विनोद पोखरेल, सेवा समितिका पूर्व अध्यक्ष जनार्दन उप्रेती र सत्यदेवी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष माधव घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।0 0

संस्थाकी उपाध्यक्ष निर्मला पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव
प्रमिला ढुंगानाले गर्नुभएको थियो।सो अवसरमा सेवा समितिलाई स्थानीय दाता दिदी वहिनी समूहकी अध्यक्ष श्रीमती रीता नेपाल पौडेलले नगद २१००/- सहयोग गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *