• Sat. Jul 27th, 2024

सिरूवा पावनीको अवसरमा भद्रपुरमा काद सिरूवा

BySaptahik Samachar

२ बैशाख २०८१, आईतवार २१:०१ २ बैशाख २०८१, आईतवार २१:०१ २ बैशाख २०८१, आईतवार २१:०१

भद्रपुर २ बैशाख / आदिवासी कोच समुदायको मुख्य चाड सिरुवा पर्व झापालगायत कोशी प्रदेशका तराईका जिल्लामा हर्षोल्लास साथ मनाइएको छ । तीन दिन सम्म मनाइने सिरूवा पर्व उनीहरुले आज सामूहिक रुपमा काद (हिलो) खेलेर मनाएका छन् ।
नयाँ वर्षको प्रारम्भसँगै पूर्वका आदिवासी कोच समुदायले सिरुवा मनाउने गर्दछन् । तीन दिनसम्म मनाइने यस पर्वमा पहिलो दिन हिजो जल सिरुवा र आज कादो (हिलो) सिरुवा मनाइएको छ । सिरुवाको अन्तिम दिन अर्थात् तेस्रो दिन भोलि सोमबार रङ दलेर मनाइने राजवंशी समाजका अगुवा तुलाराम राजवंशीले बताउनुभयो ।

उहाँले जिल्लाका १५ वटा पालिकामा बसोबास गर्ने राजवंशी, थारू, गनगाई, ताजपुरिया, माझीलगायत समुदायले यो पर्व मनाइरहेको बताउनुभयो । उनीहरुले वैशाख १ देखि ३ गतेसम्म एकअर्कामा पानी छ्यापेर, हिलो खेलेर र रङ दलेर पर्व मनाउने गरेका छन् ।
वैशाख १ गते उनीहरुले एकापसमा भ्रातृत्व र बन्धुत्वको सम्बन्धलाई अझ प्रगाढ बनाउन शुभकामना आदानप्रदान गर्दै जिल्लाका विभिन्न स्थानमा पर्व मनाउने गरेको उहाँको भनाइ छ । उनीहरुले आ–आफ्ना घरमा घाटोसरी थान बनाएर पूजा गर्ने, ग्रामथानमा गएर कुल देउताको पूजापाठ गर्नेलगायत कार्य गरेका छन् ।

सिरूवा पर्व मनाउन भद्रपुर नगरपालिका र विर्तामोड नगरपालिका तथा झापा, गौरीगञ्ज र कचनकवल गाउँपालिकालगायत स्थानीय तहले सिरुवा पर्वका अवसरमा सोमवार सार्वजनिक बिदा दिएका छन् । राजवंशी समाज विकास समिति झापाका अध्यक्ष उत्तमकुमार राजवंशीका अनुसार नयाँ वर्षको आगमनसँगै वर्षभरि शीतलता प्राप्त होस् भन्ने उद्देश्यले पानी सिरुवा, प्रकृति पूजक भूमिपुत्र भएका हिसाबले कादो सिरुवा र वर्षभरि नै सुख भ्रातृत्व प्राप्ति गर्ने उद्देश्यले रङ सिरुवा मनाइने गरिएको छ ।

2 thoughts on “सिरूवा पावनीको अवसरमा भद्रपुरमा काद सिरूवा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *