साफ च्याम्पियनसिप-२०२१ को उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार भएको पहिलो खेलमा नेपालले बंगलादेशसंग एक/एकको बराबरी खेल्दै अंक बाँडे पछि र बुधबारनै भएको दोस्रो खेलमा भारतले माल्दिभ्सलाई ३–१ ले हराउँदा फाइनलमा भारत र नेपालको भेट पक्का भएको हो । जितसँगै भारत ८ अंकसहित शीर्ष स्थानमा रह्यो भने नेपाल ७ अंकसहित दोस्रो स्थानमा छ । नेपाल साफ च्याम्पियनसिपको फाइनल पुगेको पहिलो पटक हो । भारत भने साफ च्याम्पियनसिपमा सबैभन्दा सफल टिम हो । उसले अहिलेसम्म ७ पटक च्याम्पियनसिपको उपाधि जितिसकेको छ । जारी प्रतियोगिताको समूह चरणमा नेपाल भारतसँग १–० ले पराजित भएको थियो ।फाइनल खेल आगामी शनिबार साँझ पौने ९ बजे सुरु हुनेछ । Post Views: 207 Post navigation साफ च्याम्पियनसिप फुटबल इतिहासमा नेपाल पहिलो पटक फाइनलमा साफ च्याम्पियनसिपको उपाधि भारतलाई/नेपाल उपविजेतामै सीमित
भद्रपुर नगर पालिकाद्वारा प्रेस क्लबलाई बुट र ८ नं. वडाद्वारा जर्सी प्रदान १७ आश्विन २०८१, बिहीबार ११:१७