• Thu. May 23rd, 2024

सांसद रहमान रहनुभएन

BySaptahik Samachar

१३ फाल्गुन २०७९, शनिबार १४:०६ १३ फाल्गुन २०७९, शनिबार १४:०६ १३ फाल्गुन २०७९, शनिबार १४:०६

भद्रपुर १३, फागुन / जनता समाजवादी पार्टीकी सांसद  शहनाज रहमानको हृदयघातका कारण निधन भएको छ ।
शनिबार आज भक्तपुरको घ्याम्पेडाँडामा पिकनिक गएका बेला एक्कासी ढलेकी सांसद रहमानको मध्यपुर अस्पतालमा उपचारका क्रममा निधन भएको जसपाका प्रवक्ता मनीष सुमनले जानकारी दिनुभयो  । पिकनिकमा एक्कासि ढलेपछि तत्काल अस्पताल पुर्‍याइए पनि उहाँलाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।
समानुपातिक प्रणालीतर्फबाट सांसद बनेकी रहमान ६३ वर्षकी हुनुहुन्थ्यो । झापा, भद्रपुर – ८ मा स्थायी बसोवास गर्नु हुने रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद बन्नुभएको थियो  । उहाँ जसपाको केन्द्रीय सदस्यसमेत हुनुहुन्थ्यो । उहाँका पति सफिउर रहमान पछिल्लो समयमा झापा भद्रपुरमा होटल व्यवसाय गर्दै हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *