• Sat. Jul 27th, 2024

सशस्त्रका महानिरीक्षक खनालको अवकास/नेतृत्व अव केसीलाई

BySaptahik Samachar

२८ चैत्र २०७८, सोमबार २१:३० २८ चैत्र २०७८, सोमबार २१:३० २८ चैत्र २०७८, सोमबार २१:३०

काठमाडौँ २८,चैत्र / सशस्त्र प्रहरी बल (एपीएफ)लाई नेतृत्व गर्ने जिम्मेवारी पुष्पराम केसीले पाउनुभएको छ। महानिरीक्षक शैलेन्द्र खनालको ४ वर्षे पदावधि समाप्त भएर चैत २९ गतेबाट अवकास पाउने भएपछि वरियतामा अगाडि रहेका अतिरिक्त महानिरीक्षक (एआइजी) केसीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएर खनालले प्रहरी संगठनबाट बिदा लिनुभएको हो।

सेवा अवधिका हिसावले खनालको कार्यकाल वैशाख १८ सम्म थियो । तर आइजीपीको ४ वर्षे सेवा अवधिका कारण त्यसअघि नै उहाँले अवकास लिनु परेको हो।
अवकासपछि सशस्त्रमा आगामी आइजीपी को हुने भन्ने ? बारे सरकारले निर्णय नलिएका कारण वरियतामा अगाडि रहेका केसीलाई निमित्त प्रमुखको जिम्मेवारी हस्तान्तरण गरेर खनाल संगठनबाट बाहिरिनु भएको हो । केसीसँगै तीन साताका लागि संगठन प्रमुख हुन अर्का एआइजी रामशरण पौडेल पनि दावेदारका रुपमा हुनुहुन्छ ।

तर सरकारले निर्णय गरिनसकेका कारण वरियतामा अगाडि रहेका एआइजीलाई निमित्त दिनुपर्ने बाध्यकारी व्यवस्था अनुसार केसीले जिम्मेवारी पाउनुभएको हो । केसीको पनि सशस्त्रमा वैशाख १८ सम्म मात्रै कार्यकाल रहनेछ ।
आइजीपी खनाल र निमित्त आइजीपी केसी एउटै ब्याची हुनुहुन्छ । दुवैजनाले २०४९ वैशाख १८ गतेदेखि नेपाल प्रहरीको निरीक्षकबाट सेवा प्रवेश गर्नुभएको हो भने दुवैजनाले सशस्त्र प्रहरी स्थापनासँगै २०५८ मा सेवा स्थानान्तरण गर्नुभएको हो।
एआइजी केसीले जिम्मेवारी सम्हाल्नुअघि सोमबार (आजै) सशस्त्र प्रहरी मुख्यालयमा खनालको बिदाइ कार्यक्रम राखिएको थियो ।

23 thoughts on “सशस्त्रका महानिरीक्षक खनालको अवकास/नेतृत्व अव केसीलाई”
  1. Hi, just required you to know I he added your site to my Google bookmarks due to your layout. But seriously, I believe your internet site has 1 in the freshest theme I??ve came across.Seo Paketi Skype: By*****@KR*******.Com -_- live:by_umut

Leave a Reply

Your email address will not be published. Required fields are marked *