• Sat. Jul 27th, 2024

समाजसेवी दीनबन्धुको सहयोगमा झापा जिल्ला अदालतमा न्यायकी देवीको प्रतिमा स्थापना

BySaptahik Samachar

२९ पुष २०८०, आईतवार २१:०७ २९ पुष २०८०, आईतवार २१:०७ २९ पुष २०८०, आईतवार २१:०७

भद्रपुर,२९ पुस । मनकारी समाजसेवी दीनबन्धु गोयलको सहयोगमा झापा जिल्ला अदालत भद्रपुरमा न्यायकी देवीको प्रतिमा अनावरण गरिएको छ ।
अदालतको प्राङ्गणमा आइतबार आयोजित कार्यक्रममा समाजसेवी गोयल, उच्च अदालत,बिराटनगर अन्तर्गतको इलाम इजलासका न्यायाधीश किरण पौडेल र झापा जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतले प्रतिमाको संयुक्त रूपमा अनावरण गर्नुभएको हो।

मूर्तिकार अभिषेक तिमिल्सिनाले निर्माण गरेको प्रतिमा ६ फिट अग्लो छ ।
कार्यक्रममा प्रमुख अतिथि न्यायाधीश पौडेलले न्यायाधीशले मात्र न्याय सम्पादन गर्न नसक्ने उल्लेख गर्दै यसमा वकिल, सरकारी वकिल, कर्मचारी, जनसमुदाय सबैको भूमिका रहने धारणा प्रकट गर्नुभयो ।
न्यायाधीश पौडेलले अदालतको न्याय सम्पादनप्रति अन्य क्षेत्रबाट पनि चासोका साथ हेर्न र सकारात्मक आलोचना हुन थालेको बताउनुभयो भने जिल्ला न्यायाधीश बस्नेतले अदालतसित दाताको कुनै पनि प्रकारको स्वार्थ सम्बन्ध नभएकाले न्यायकी देवीको प्रतिमा ग्रहण गरिएको जानकारी दिनुभयो ।
बस्नेतले न्यायकी देवीले सेवाग्राहीमा न्याय पाएको अनुभूति गराउन र सेवाप्रदायकमा निष्पक्ष र विवेकपूर्ण न्याय प्रदान गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।
दानवीर समाजसेवी गोयलले भद्रपुर आफ्नो जन्मस्थल भएको हुँदा आफूलाई यहाँको भूमिमा सधैँ सेवा गर्ने इच्छा भइरहने बताउनुभयो ।
समाजसेवी गोयलले आफू काम विशेषले बाहिर–बाहिरै रहने भए पनि आफू हुर्के–बढेको र पढेको ठाउँ भद्रपुरप्रति सधैँ ऋणी, आभारी र कृतज्ञ भइरहने चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा न्यायाधीशद्वय पौडेल र बस्नेतले समाजसेवी गोयललाई सम्मान–पत्र प्रदान गर्नुभयो भने
नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरज खत्रीले न्यायकी देवीको प्रतिमाले न्यायकर्मी, कानुन व्यवसायी, सेवाग्राही र अन्य सबैमा निष्पक्ष न्यायका लागि प्रेरणा दिने जिकीर गर्नुभएको थियो।

श्रेस्तेदार किरणकुमार सिंहले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र नेपाल बार एसोसिएसनका झापा अध्यक्ष नारायणप्रसाद भट्टराईले शुभकामना मन्तव्य राख्नुभएको थियो।

3 thoughts on “समाजसेवी दीनबन्धुको सहयोगमा झापा जिल्ला अदालतमा न्यायकी देवीको प्रतिमा स्थापना”
  1. You’re so awesome! I don’t believe I have read a single thing like that before. So great to find someone with some original thoughts on this topic. Really.. thank you for starting this up. This website is something that is needed on the internet, someone with a little originality!

  2. Hi there to all, for the reason that I am genuinely keen of reading this website’s post to be updated on a regular basis. It carries pleasant stuff.

Leave a Reply

Your email address will not be published. Required fields are marked *