• Sat. Jan 17th, 2026

सफाइ कर्मचारीलाई दर खुवाउँदै सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरले मनायो तीज

BySaptahik Samachar

१० भाद्र २०७९, शुक्रबार २१:२३ १० भाद्र २०७९, शुक्रबार २१:२३ १० भाद्र २०७९, शुक्रबार २१:२३

. भद्रपुर १०,भदौ / सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरले हरितालिका तीजको सन्दर्भ पारेर भद्रपुरको ५ र ६ नम्बर वडाका निम्न तहका ६ जना कर्मचारीहरूलाई दर खुवाउनुका साथै उपहार प्रदान गरेको छ। सामुदायिक सेवा केन्द्रलाई सहयोग पुर्‍याउने भद्रपुर नगरपालिकामा कार्यरत सहयोगी कर्मचारी सुमित्रा घिमिरे तथा सफाइ कर्मचारीहरू रेनु मरिक, मुन्नी हरिजन, सपना हरिजन, शोभा यादव र शोभा हरिजनलाई उपहार दिँदै दर खुवाइएको हो।
समाज हितका विभिन्न क्रियाकलाप गर्दै आएको सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरले तीजको सन्दर्भ पारेर पदाधिकारी-सदस्य तथा आजीवन सदस्य बीच भेटघाट र शुभकामना आदानप्रदान संगै मनोरञ्जनका लागि तीज विशेष कार्यक्रम आयोजना गरेको सेवा केन्द्रकी अध्यक्ष शीला खड्का श्रेष्ठले बताउनुभयो।
भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्य र अध्यक्ष श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि कार्की सहित ५ र ६ नम्बर वडाअध्यक्ष वन्धु कार्की र रतिया राजवंशी तथा सञ्चारकर्मी गोपाल गिरीले शुभकामना मन्तव्य राख्नुभएको थियो।

सामुदायिक सेवा केन्द्रका महासचिव दीपक अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य सेवा केन्द्रकी सदस्य लता कार्कीले राख्नुभएको थियो। यस वर्षको हरितालिका तीज भदौ १४ गते परेको छ।

119 thoughts on “सफाइ कर्मचारीलाई दर खुवाउँदै सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरले मनायो तीज”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *