• Sun. Jul 6th, 2025

सत्मिलन महिला समूहको पुनर्गठन

BySaptahik Samachar

२६ चैत्र २०७८, शनिबार २१:३४ २६ चैत्र २०७८, शनिबार २१:३४ २६ चैत्र २०७८, शनिबार २१:३४

भद्रपुर २७,चैत्र / झापाको भद्रपुर-७ मा क्रियाशील संस्था सत्मिलन महिला समूहको अध्यक्षमा यसोदा कँडेल कोइराला पुनः निर्वाचित हुनुभएको छ।दुइबर्षे कार्यकालको लागि हिजो शनिबार पुनर्गठन गरिएको कार्य समितिमा उपाध्यक्ष सविता श्रेष्ठ, सचिव मेनका शर्मा दाहाल, सह सचिव रिङ्कु गेलाल र कोषाध्यक्षमा तारा कार्की हुनुहुन्छ ।
त्यस्तै, जमुना न्यौपाने,संगिता कोइराला,अनिता पोखरेल,सूर्य श्रेष्ठ,उमा भट्टराई र कल्पना दास सदस्य रहेको एघार सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।संस्थामा जम्मा त्रिचालीस जना सदस्य रहेका छन्।
समूहको नवौ बार्षिक साधारण सभा तथा पाचौ अधिवेशनको सोही अवसरमा भद्रपुर नगरपालिकाको सहयोगमा लैगिंक हिंसा तथा महिला कानुनी ब्यवस्था सचेतना कार्यक्रमको पनि गरिएको सचिव दाहालले जानकारी दिनुभयो।कार्यक्रमको सहजीकरण पूर्व अध्यक्ष मन्जु दाहाल पोखरेलले गर्नुभएको थियो।
सोही कार्यक्रममा, संस्थापक अध्यक्ष सावित्रा न्यौपाने लगायत सात जना जेष्ठ आमा र चार जना दाता समेत गरी एघार जनालाई सम्मान गरिएको थियो ।
नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्य र समूहकी अध्यक्ष यशोदा कँडेल कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख श्रेष्ठ सहित उपप्रमुख चन्द्रमाया श्रेष्ठ,वडाध्यक्ष विनोद पोखरेल,कांग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल,रेखा अधिकारी, भरत प्रसाईं, लक्ष्मीप्रसाद श्रेष्ठ र गोमा घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
स्वागत मन्तव्य सरस्वती श्रेष्ठले राखेको कार्यक्रमको संचालन सचिव मेनका शर्मा दाहालले गर्नु भएको थियो।

133 thoughts on “सत्मिलन महिला समूहको पुनर्गठन”
  1. ¡Saludos, cazadores de fortuna !
    Casino online extranjero con bono sin rollover – п»їhttps://casinosextranjerosenespana.es/ casino online extranjero
    ¡Que vivas increíbles instantes inolvidables !

  2. ¡Hola, buscadores de riqueza !
    casinoonlinefueradeespanol con sistema de puntos – п»їп»їhttps://casinoonlinefueradeespanol.xyz/ casinos fuera de espaГ±a
    ¡Que disfrutes de asombrosas premios extraordinarios !

  3. ¡Hola, entusiastas de la emoción !
    Casino online extranjero con lГ­mites de apuestas flexibles – п»їhttps://casinoextranjero.es/ mejores casinos online extranjeros
    ¡Que vivas botes deslumbrantes!

  4. ¡Saludos, buscadores de riquezas escondidas !
    Mejores casinos online extranjeros con verificaciГіn automГЎtica – п»їhttps://casinoextranjerosdeespana.es/ casinos extranjeros
    ¡Que experimentes maravillosas tiradas afortunadas !

Leave a Reply

Your email address will not be published. Required fields are marked *