• Fri. Jan 23rd, 2026

हल्दीबारीमा सडक वत्ति जडान

BySaptahik Samachar

२ असार २०७८, बुधबार २१:४२ २ असार २०७८, बुधबार २१:४२ २ असार २०७८, बुधबार २१:४२

हल्दिवारी गाउँपालिका २ नम्बर वडाले ” सडक तथा गाउँ वस्ती उज्यालो ” कार्यक्रम अनुसार वडाका मुख्य सडक ,गाउँ वस्तीलाई लक्षित गरी सडक बत्ती जडान शुरु गरेको छ । वडा अध्यक्ष राजेन्द्र योङहाङका अनुसार १६ किलोमिटर सडक क्षेत्रमा २६६ वडा सडक पोलमा बत्ती जडान भइ रहेका छन् । उहाँका अनुसार २-४ दिनमा मुख्य सडक बजारमा उज्यालो छाउने छ । विद्युत प्राधिकरणसंग सम्झौता गरी सडक बत्ती जडान गरिएको हो । वडाका २६६ पोलमा सडक बत्ती बल्ने छ भने आगामी बर्ष बाँकी १५ किलोमिटर क्षेत्रमा पनि बत्ति बाल्ने योजना रहेको योङहाङले बताउनुभयो । वडाको १४ लाख तथा ३लाख ४१ हजार ३३५ रुपैया जनश्रमदानबाट उठाई उज्यालो हल्दिवारी बनाउने काममा वडा अध्यक्ष योङहाङ सक्रिय रहेको सडक बत्ती जडान उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र फागोले बताउनु भयो ।

6 thoughts on “हल्दीबारीमा सडक वत्ति जडान”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *