• Sat. Jul 27th, 2024

हल्दीबारीमा सडक वत्ति जडान

BySaptahik Samachar

२ असार २०७८, बुधबार २१:४२ २ असार २०७८, बुधबार २१:४२ २ असार २०७८, बुधबार २१:४२

हल्दिवारी गाउँपालिका २ नम्बर वडाले ” सडक तथा गाउँ वस्ती उज्यालो ” कार्यक्रम अनुसार वडाका मुख्य सडक ,गाउँ वस्तीलाई लक्षित गरी सडक बत्ती जडान शुरु गरेको छ । वडा अध्यक्ष राजेन्द्र योङहाङका अनुसार १६ किलोमिटर सडक क्षेत्रमा २६६ वडा सडक पोलमा बत्ती जडान भइ रहेका छन् । उहाँका अनुसार २-४ दिनमा मुख्य सडक बजारमा उज्यालो छाउने छ । विद्युत प्राधिकरणसंग सम्झौता गरी सडक बत्ती जडान गरिएको हो । वडाका २६६ पोलमा सडक बत्ती बल्ने छ भने आगामी बर्ष बाँकी १५ किलोमिटर क्षेत्रमा पनि बत्ति बाल्ने योजना रहेको योङहाङले बताउनुभयो । वडाको १४ लाख तथा ३लाख ४१ हजार ३३५ रुपैया जनश्रमदानबाट उठाई उज्यालो हल्दिवारी बनाउने काममा वडा अध्यक्ष योङहाङ सक्रिय रहेको सडक बत्ती जडान उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र फागोले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *