• Sat. Jul 27th, 2024

सडक नबन्दा स्थानीयबासी धूलोको मारमा

BySaptahik Samachar

८ फाल्गुन २०७८, आईतवार १८:४६ ८ फाल्गुन २०७८, आईतवार १८:४६ ८ फाल्गुन २०७८, आईतवार १८:४६

भद्रपुर ९,फागुन / निर्माण सम्पन्न गर्नु पर्ने म्याद गुज्रिसकेर पनि अधकल्चो छोडिएको सडकले स्थानीयहरू पीडित भएका छन्।

झापाको भद्रपुरस्थित भानु चोकदेखि सङ्गम चोकसम्मको सडक नबन्दा स्थानीय पीडित बनेका हुन्। सो मार्ग मा ग्राभेल मात्र गरेर छोडेपछि अहिले धुलाम्मे भएर त्यस वरपरका स्थानीय बासिन्दा समस्यामा छन्।

बाटोमा एउटा मात्रै सवारी साधन गुड्दा पनि अत्यधिक धुलो उड्ने गरेको र धुलोले विभिन्न रोग निम्तिने समस्याप्रति उनीहरूले चिन्ता प्रकट गरेका छन्। सो बाटो निर्माण गर्ने जिम्मा याक्थुम जे भि ठेकेदार कम्पनीले लिएको हो। तर, निर्माण अवधि समाप्त भइसके पनि निर्माण सम्पन्न नभएको र आजभोलिको हुरी वतासले धुलो घरसम्म ल्याई पुर्‍याउँदा आफूहरू हैरान भएको र समस्याको अल्पकालीन समाधानका लागि बाटोमा पानी हाल्न र यथाशीघ्र निर्माण सम्पन्न गरेर दीर्घकालीन समाधान गर्न उनीहरूले मांग गरेका छन्।

यसका लागि नगरपालिकासंग पटक पटक अनुरोध गर्दा पनि सुनुवाई नभएको पीडितले गुनासो गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *