पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मे १ ज १९१८ नम्बर म्याजिक भ्यानले विपरीत दिशाबाट जाँदैं गरेको प्रदेश–१–०१–०१३ प ७३२६ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अर्जुनधारा–११ का ५४ वर्षीय दिलीप राजवंशी र पछाडि सवार बिर्तामोड–४ का ४९ वर्षीय कृष्ण राजवंशी घाइते भएका थिए । गम्भीर घाइते मोटर साइकल चालक दिलीपको उपचारको क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । घटनापछि सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता,ट्रकले किचेर गौरादह-पाडाजुङ्गी खण्डमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–१ की ५३ वर्षीया हिमादेवी दाहाल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गौरादह-पाडाजुङ्गी सडक खण्ड अन्तर्गत गौरादह नगरपालिका–१ स्थित गुरुङचोकमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ३३२६ मोटरसाइकलमा सवार महिला हिमादेवी सडकमा अचानक लड्दा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ ख २६९८ नम्बरको धान बोकेको ट्रकले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो।
मोटरसाइकल चालक मृतकका श्रीमान् ५६ वर्षीय नन्दलाल दाहाल भने सकुशल छन्। ट्रक, मोटरसाइकल र दुवै चालकलाई इलाका प्रहरी कार्यालय गौरादहले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।